Skip to main content

महिला विकासमा सहकारी र सहकारी विकासमा महिला।

                                                    
                                  रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड 

"एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो." 

सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठन नै सहकारी हो।”भनी परिभाषित गरिएको छ। 

     सहकारी ऐन र नेपालको संविधानले सहकारी मार्फत बिपन्न, सीमान्तकृत र पछाडी परेका व्यक्तिलाई विकासको मूलधारमा ल्याउनका लागि सहकारी क्षेत्रलाई प्रयोग गर्ने आकांक्षा राखे जस्तै सहकारी क्षेत्रले हामी महिलाहरुलाई धेरै अवसर दिएको छ। 
     पितृसत्तात्मक सोंचका कारणले चुलो चौकोमा सीमित आधा आकाश ढाकेका महिलालाई खुला समाजमा निस्कने अवसर दिनमा सहकारी क्षेत्रको ठूलो योगदान रहेको छ। घरमा सबै भन्दा छिटो उठेर राती सबै भन्दा ढिलो सुत्ने मौका पाउने तर रुपैंया पैसाको मुख देख्नका लागि बिवाह अघि पिता, विवाहपछि श्रीमान् र बुढेसकालमा छोरा नातिको दयाको पात्र बन्नु पर्ने दुखद अवस्थाबाट निकाल्दै दुखजिलो गरी माइतीले छोरी चेली भनि दक्षिणा दिएको, ज्याला मजदुरी गरी संकलन गरेको रुपैंया पैसालाई सहकारीमा जम्मा गर्दै जाँदा परिवारमा रुपैंयापैसाको खाँचो पर्दा सहकारीबाट ऋण धन गरी घर चलाउन सक्ने हुनाले परिवारमा महिलाको हैसियत सहकारीले उचो बनाएको छ। 
   आफैले हुर्काएको, हरेक दिन दाना पानी गराएको बाख्राका पाठापाठी होस् वा भैसीका पाडापाडी किन्ने व्यापारी घरमा आउँदा राम्रो मूल्य पाउँदा समेत बिक्री गर्न नसक्ने अर्थात आर्थिक निर्णय गर्न नसक्ने अवस्थालाई चिरेर लाखौं करोडौंका आर्थिक निर्णय गर्ने साहस, निर्णय, क्षमता र योग्यता सहकारीले महिलालाई दिएको छ। 
   महिलाको आवाज दवाउन पोथी बासेको सुहाउन्न भन्ने उखानलाई चिर्दै सहकारी मार्फत आफ्ना भनाईलाई समाज सामु राख्न पाइने मञ्च सहकारीले दिएको छ। घरधन्धाको चापमा कहिल्यै आफ्नो लागि खुसी हुन, रमाउन नपाइने परिस्थितिका बीचमा साथी, सहकर्मी संगै नयाँ ठाउँ घुम्ने, अन्य ठाउँका व्यक्तिले गरेको उन्नति, प्रगति हेर्ने, अवलोकन गर्ने, सिक्ने अवसर सहकारीको अध्ययन अवलोकन भ्रमणले दिएको छ।
      सहकारीबाट प्राप्त ज्ञान, अनुभवलाई संगाल्दै नेतृत्व क्षमता देखाउँदै धेरै महिला दिदिबहिनीहरुले अन्य विभिन्न सामाजिक संस्था तथा राजनीतिक क्षेत्रमा प्रगति गर्नु भएको छ। स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार चलाउने धेरै महिला सहकारी क्षेत्रका अगुवाहरु हुनु हुन्छ। 
       

महिलाको आर्थिक, सामाजिक, राजनीतिक विकासमा महत्वपूर्ण योगदान दिएको सहकारी क्षेत्रमा महिलाको योगदान उच्च छ। नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत भन्दा बढी सदस्य महिला छौं। सदस्य बनी नियमित मासिक बचतमा योगदान गर्नेमा पनि महिला अगाडि छौं। सहकारीबाट ऋण लिई नियमानुसार ऋण तिर्नेमा महिला अब्बल छौं। बित्तीय क्षेत्रमा महिलालाई दिएको ऋण तुलनात्मक रुपमा सुरक्षित छ भन्ने मानक स्थापित भएको छ। 
  हामी महिलाको सहभागिता र योगदान उच्च भएको सहकारिको क्षेत्रमा महिलाको संचालक समिति र लेखा सुपरीवेक्षण समितिको महत्वपूर्ण पदमा स्थान पाउन भने कठिन अवस्था छ। महिलाले सहकारी कहाँ चलाउन सक्छन्, महिलामा निर्णय क्षमता कहाँ हुन्छ जस्ता भावनाले हामी महिलालाई अवरोध गर्न अनेकौं प्रयास हुन्छन्। देशले संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगालेर नेपालको संविधान २०७२ लागू भई हरेक क्षेत्रमा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत हुनु पर्ने व्यवस्था हुँदा समेत संघीय सरकारले जारी गरेको सहकारी ऐन २०७४ को दफा ४१ उपदफा २ मा सञ्चालक समितिमा उपलब्ध भएसम्म कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने भन्ने वाक्यांश छ। लुम्बिनी प्रदेशको सहकारी ऐन २०७६ को दफा ३६ को उपदफा २ मा संचालक समितिमा कम्तीमा १ जना पदाधिकारी सहित तेत्तीस प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनु पर्ने छ, भन्ने व्यवस्था हुँदा हुँदै पनि संचालक समितिमा महिलाको सहभागिता कानून बमोजिम हुन दिइएको छैन। नेपाल सदस्य रहेको International Cooperative Alliance (आईसीए) ले सन् १९९५ मा 'सहकारीमा लैङ्गिक समानता' भन्ने प्रस्ताव पारित गर्योई जसमा सदस्यहरूले लैङ्गिक समानतालाई विश्वव्यापी प्राथमिकतामा राखेका थियो। सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले सहकारीको प्रवर्द्धन सिफारिस सम्बन्धी सिफारिस नम्बर १९३ जारी गर्‍यो जसमा स्पष्ट रूपमा भनिएको छ 'सहकारी आन्दोलनमा सबै तहहरूमा विशेष गरी व्यवस्थापन र नेतृत्व स्तरमा महिलाहरूको सहभागिता बढाउन विशेष ध्यान दिनुपर्छ ।’ 
    समानता र सवावेशीतासँगै आएको लहरले हाल आएर विश्वभर सहकारी क्षेत्रमा महिला नेतृत्व निरन्तर बढ्दै गएको छ। व्यवस्थापकीय भूमिकामा महिलाहरूको प्रतिनिधित्व बढ्दो छ। जसले गर्दा लैङ्गिक समानताको पहिचान र प्रवर्द्धनतर्फ व्यापक सामाजिक परिवर्तन ल्याएको छ ।सहकारीमा महिला नेतृत्वले संस्थालाई मात्र नभई उनीहरूले सेवा गर्ने समुदायहरूमा पनि सकारात्मक प्रभाव पार्छ। सहकारीले एउटा कुसल नेतृत्वकर्ता तयार गरी समाजमा पस्किने गर्दछ। महिलाहरुको सहकारीको व्यवस्थापकीय नेतृत्वबाट लैङ्गिक समानतालाई अगाडि बढाउन, दिगो विकास प्रवर्द्धन गर्न र विश्वव्यापी रूपमा थप समावेशी र लचिलो समुदायहरू निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको पाईन्छ। महिलाको विकासमा सहकारी र सहकारीको विकासमा महिलाको योगदान उल्लेखनीय छ। महिला र सहकारी मिलेर एकअर्काको विकासमा सहकार्य गर्न सकिन्छ। महिला वर्ग र सहकारी क्षेत्रले यो अवसरलाई सदुपयोग गरौं। 
                                                                                                            जय सहकारी।
याे लेख  जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीले २०८० चैत्र २० मा प्रकाशन गरेको सहकारी दर्पणमा समावेश रहेको छ।

Comments

Popular posts from this blog

बलात्कार (जबर्जस्ती करणी) को अवस्था र कानूनी व्यवस्था

                           - रन्जु ज्ञवाली पंगेनी  (बि.एड, एम.ए., एल.एल.बी.)   "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले   आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ । नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार " कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ"        हाम्रो देशमा मुलुकी  अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । ...

बिपश्यना ध्यान एक अध्ययन

बिपश्यना ध्यान एक अध्ययन                                                                       -  रन्जु ज्ञवाली  (Masters in Applied Buddhism, Second Year, LBU)  लेखसारः        मानिस सबै थोक भएर पनि तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहेको पाईन्छ । जसको कारणबाट शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनगई विभिन्न नकारात्मक प्रतिक्रिया देखाउन थाल्छ । जसको फलस्वरुप विचलिन मानसिकता हुन गई हिंसात्मक भावना देखाउने, हत्या गर्न तम्सिने, आत्महत्या गर्ने जस्ता नकारात्मक कृयाकलापमा संलग्न हुने सम्भावनाले गर्दा सम्पूर्ण मानव जीवन र समाजलाई नै प्रभावित पारेको पाईन्छ । मानव जीवनको कल्याणको लागि विचलित मनलाई वशमा राखी चित्तमा हुने नराम्रा प्रवृत्ति जस्तै रीस, राग, द्वेष र क्लेशबाट मुक्त बनाउनु पर्दछ । बिचलित मनलाई ...