Skip to main content

बलात्कार (जबर्जस्ती करणी) को अवस्था र कानूनी व्यवस्था

                           - रन्जु ज्ञवाली पंगेनी  (बि.एड, एम.ए., एल.एल.बी.)



  "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले  आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ ।

नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार "कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ"

       हाम्रो देशमा मुलुकी अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । 

दफा २१९ मा जवरजस्ती करणी गर्न नहुने,

दफा २२० मा हाडनाता करणी गर्न नहुने,

दफा २२१ मा थुनामा रहेको व्यक्तिसंग करणी गर्न नहुने,

दफा २२२ मा आपनो संरक्षक वा सुरक्षामा रहेको व्यक्ति संग करणी गर्न नह्ने,

दफा २२३ मा कार्यालय वा पेसागत सेवा प्राप्त गर्न व्यक्ति संग करणी गर्न नहुने,

दफा २२४ मा यौन दव्र्यवहार गर्न नहुने,

दफा २२५ मा बाल यौन दुरुपयोग गर्न नहुने,

दफा २२६ मा अप्राकृतिक मैथुन गर्न नहुने र

दफा २२७ मा पशु करणी गर्न नहुने व्यावस्था गरेको छ । जस अनुसार करणी गर्नेलाई दिने सजाय निम्नानुसार रहेको पाईन्छ

१. १० वर्ष मुनिका बालिकालाई करणी गरेको ठहरेमा १६देखि २० वर्ष सम्म कैद 

२. १० वर्ष भन्दा माथी १४ वर्ष भन्दा मुनिका बालिकालाई करणी गरेको ठहरेमा १४ देखि १६ वर्षसम्म  कैद 

३. १४ देखि १६ वर्षका बालिकालाई करणी गरेको ठहरेमा १२ देखि १४ वर्ष सम्म कैद 

४. १६ देखि १८ वर्ष मुनिका लाई करणी गरको ठहरेमा १० देखि १२ वर्ष सम्म कैद 

५.१८ वर्ष वा माथीको महिलालाई करणी गरको ठहरेमा ७ देखि १० वर्ष कैद 

६. यदि श्रीमानले श्रीमतीको मन्जुरीबिना बलजफती यौन कार्य गरेको छ भने त्यसलाई पनि वैवाहिक करणी मानिन्छ  र ५ बर्ष कैद सजाय गरीएको छ । 

  हदम्याद सम्बन्धी ब्यवस्थामा (१)दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिनेछ ।
 (२) दफा २१९, २२१, २२२, २२३, २२४, २२५ र २२६ को उपदफा (३) अन्तर्गतको कसूरमा
 त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको 
कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन । तर थुनामा रहेको वा नियन्त्रणमा 
लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण 
वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर नलाग्ने ब्यवस्था रहेको पाईन्छ ।

 जवरजस्ती करणी वा बलात्कार गैरकानूनी यौन गतिविधि हो भन्ने जान्दाजान्दै बिश्वका नारीहरुले जबरजस्ती इच्छाको विपरित धम्कीपूर्ण तरिकाले यौन संभोगको सामना गर्न बाध्य हुनु परेको छ।बलात्कार एक विश्वव्यापी समस्याको रुपमा रहेको छ बिश्व परिवेशमा हेर्दा लगभग ३५% महिलाहरूले आफ्नो जीवनकालमा यौन उत्पीडनको कुनै न कुनै प्रकारको प्रकारको शिकार हुनु परेको ।बिश्वको तथ्याङ्कलाई केलाउँदा ती मध्ये ४० प्रतिशत भन्दा  कम मात्र  न्याय प्राप्तीको लागि सम्बन्धित निकायमा घटना दर्ता गरेको पाईन्छघटना दर्ता गरिएको मध्ये १० प्रतिशत भन्दा कमले मात्र न्याय पाएको पाईन्छ । यो तथ्याङ्कलाई हेर्दा महिलाहरु एक त यौन हिंसामा पर्दा पर्दै पनि न्याय खोज्न नगएको पाईन्छ त्यसमाथी पनि न्याय खोज्ना गएका महिलामध्ये पनि कमले मात्र कानूनी रुपमा न्याय पाएको अनुभव गर्न पाएको अवश्था रहेको छ ।बिश्व परिवेशको तथ्याङ्कलाई हेर्दा अझै पनि धेरै स्थानमा घटनालाई दबाउने तथा पीडितले सामाजिक अपहेलना बेहोर्नुपर्ने अवस्था रहेकाले कतिपय घटना बाहिर आउन नसकेको  हुँदा बास्तविक तथ्याङ्क बाहिर नआएको पनि देखिन्छ । बिश्वमा सबैभन्दा बढी बलात्कारको घटना हुने १० देशहरु प्रति १० हजार नागरिकहरूमा घटनाहरूको संख्या:

दक्षिण अफ्रीका (१३२.४)

२ बोत्सवाना (९२.९)

३ लेसोथो (८२.७)
४ स्वाजीलैंड (७७.५)
५ बर्मुडा (६७.३)
६ स्विडेन (६३.५)
७ सुरिनाम (४५.२)
८ कोस्टारिका (३६.७)
९ निकारागुआ (३१.६)
१० ग्रेनेडा (३०.६) नेपालमा प्रत्येक १०००० मा ०.८० रहेको तथ्याङ्कले देखाउछ । यसलाई हेर्दा 
नेपालमा बलात्कारको घटना कम रहेछ भन्ने सोच्नु स्वभाविकै हो तर हामीले यसको दरमा ध्यान दिनुपर्ने देखिन्छ । समय 
समयमा आएका तथ्याङ्क र यस सम्बन्धी भए गरेका टिकाटिप्पणीलाई हेर्दा नेपालको बलात्कारको ओषत दरमा बृद्धी हुँदै 
गएको देखिन्छ । लकडाउन सुरु भएको चैत्र ११ देखि श्रावण १० को प्रदेश अनुसारको तथ्याङ्क यस्तो रहेको देखिन्छः 

S.N

Types of Crime

Province-1

Province-2

Bagmati Province

Gandaki Province

Province-5

Karnali Province

Sudurpaschim Province

Metro

Total

 

Rape    

169

98

86

53

123

45

79

64

717

 

Attempt to rape

53

20

25

15

34

14

25

13

199

 

Untouchability

2

0

0

1

1

0

3

0

7

 

Child Sexual Abuse

19

10

10

14

11

3

4

8

79

Unnatural Sex

 6

 3

 1

 3

 1

 0

 0

 0

 14

नेपाल प्रहरीका अनुसार महिला बलात्कारसम्बन्धी आ. व २०७६।७७ को तथ्याङ्क यस अनुसार रहेको छः 

S.N

Types of Crime

Province-1

Province-2

Bagmati Province

Gandaki Province

Province-5

Karnali Province

Sudurpaschim Province

Metro

CIB

Total

 

Rape    

485

288

256

161

348

139

200

266

1

2144

 

Attempt to rape

 169

95

86

62

99

57

67

52

0

687

 

Untouchability

4

2

6

2

4

1

9

2

0

30

 

Child Sexual Abuse

58

33

37

31

34

5

7

26

1

232

Unnatural Sex

9

6

2

5

2

1

1

1

0

27

 नेपाल प्रहरीका अनुसार बिगत २४ बर्षको तथ्याङ्क बिवरण यस अनुसार रहेको पाईन्छ ।

 

Fiscal Year

Rape

Attempt to Rape

Untouchability

Child Sexual Abuse

053/054

112

34

 

 

 058/059

 129

 21

 

 

 063/064

317

 70

 

 

 068/069

 555

 156

 

 

 073/074

 1131

 536

17

 

076/77

2144

687

30

232

   

 माथिल्लो तथ्याङ्कलाई हेर्दा बलात्कारको घटनाको ‌औषत दरमा बढ्दै गएको पाईन्छ । नेपाल प्रहरीका अनुसार नेपालमा दैनिक औ ६.४६ जना बलात्कृत भएको देखिन्छ। पीडितमा केही बालकहरू पनि रहेको बताइएको छ । त्यसैले यसलाई सरोकारवाला निकायले समय रहँदै सोच्नुपर्ने हुन्छ ।

  नेपाल सहित  बिश्वमा बलात्कारको घटना एक समस्याको रुपमा रहेको छ । देश अनुसार यसमा हुने सजायसँग सम्बन्धी कानुन पनि फरक फरक रहेको पाईन्छ। भारतको कुरा गर्ने हो भने जघन्य अपराध गरेमा  मात्र मृत्युदण्डको व्यवस्था छ । भारतमा बालिका बलत्कार गरेमा १० बर्ष देखि आजिवन कैद सजाय दिईने गरिन्छ तर मध्यप्रदेश, राजस्थान, हरीयाणा सरकारले १२ बर्ष भन्दा कम उमेरको बालिकालाई बलत्कार गरेको खण्डमा फाँसी दिने विधेयक पास भएको छ मलेशियामा बालिका बलत्कारका लागि ३० वर्षको जेल सजाय र कोर्रा हान्ने सजाय छ ।सिंगापुरमा १४ वर्ष भन्दा मुनिको बालिकालाई बलत्कार गरेको खण्डमा २० वर्ष जेल र र्कोरा हान्ने सजाय र धरौटी को व्यवस्था, अमेरीकामा पहिला बलत्कारको लागि फासीको सजाय दिईने गरिन्थ्यो तर सन् २००८ को केनेडीका विरुद्द लुसियानाको मुद्दामा मृत्युदण्ड लाई अवैध घोषणा गरेको पाईन्छ ।यद्दपि अमेरीकामा राज्य अनुसार बालिका बलत्कार सम्बन्धि छुट्टाछुट्टै कानुन रहको छ तर मृत्यु दण्ड सजाय नभएको, फिलिपिन्स बालिका बलात्कार सम्बन्धि मृत्यु दण्ड नभए नि ४० बर्ष सम्म सजायअष्ट्रेलियामा बालिका बलात्कारीलाई १५ देखि २५ बर्ष सम्म जेल सजाय, क्यानाडामा बालिका बलात्कारीलाई अधिकतम १४ बर्ष सम्म जेल सजाय, बेलायत र वेल्समा  बालिका बलात्कारीलाई ६ देखि १९ बर्ष सम्म जेल सजाय, जर्मनीमा बालिकाको मृत्यु भएमा आजिवन कारावास र यदि बालिकाको मृत्यु नभएमा बालिका बलात्कारीलाई १० बर्ष सम्म जेल सजाय, न्युजिल्याण्डमा बलात्कारीलाई २० बर्ष सम्म जेल सजाय हुने ब्यवस्था रहेको पाईन्छ। एमनेस्टि ईन्टरनेशनलको सन् २०१३ को एक रिर्पोटका अनुसार मात्र आठ वटा देशमा मात्र बालिका बलात्कारीलाई फाँसी दिने गरिन्छ ति देशहरु चीन, नाईजेरिया, कंगो, पाकिस्तान, ईरान, साउदी अरब, यमन र सुडान भएको पाईन्छ ।

बलात्कार सम्बन्धी समस्या बिश्वब्यापी रुपमा रहेको हुँदा यसको नियन्त्रणका लागि अन्तराष्ट्रिय स्तरमा नैविभिन्न प्रयासहरु गरेको पाईन्छ । उदाहरणाको रुपमा १ यौन हिंसा अन्त्य गर्न राष्ट्रिय सम्बन्ध (The National Alliance To End Sexual Violence NAESV) यो एक साझेदार निकाय हो जसले राज्य,संघीय सरकार र स्थानीय संगठनहरू बीचमा समन्वय गरी यौन हिंसाबाट पीडितहरूको सहयोगको लागि कानून बनाउन सहयोग गर्ने कार्य गर्दछ ।२ End Rape On Campus (EROC) यसले प्रशासक र विद्यार्थीहरूको बिचमा कार्य गर्दछ। प्रशासक र विद्यार्थी विचमा यौन हिंसा अन्त्यको लागि के कस्ते नीतिको अवश्यक पर्दछ त्यसको सुनिश्चित गर्ने कार्य गर्दछ। ३ The Rape, Abuse & Incest National Network (EROC) अमेरिकाको सबभन्दा ठूलो यौन हिंसाको रुपमा काम गर्ने संगठन हो। यौन हिंसाको शिकार हुनेहरूको लागि रोकथाम, संरक्षण र हेरचाह प्रदान गर्दछ। ४ Know Your IX यौन उत्पिडन, हिंसा हुने डर विना विद्यार्थीहरूले कलेज गएर शिक्षा लिन पाउन् भनी सो सम्बन्धी वातावरणको सृजना गर्दछ ।५ National Domestic Violence Hotline यसले दिनको २४ घण्टा हटलाइन सेवाहरू प्रदान गर्दछ। ६ Promoting Awareness ,Victim PAVE ले सैन्य सदस्यहरू, विद्यार्थीहरू, र समुदाय नेताहरूलाई सिकाएर मानिसहरूलाई संगठित हुन र स्थानीय स्तरमा कार्य गर्न शक्ति प्रदान गर्दछ। यौन दुव्र्यवहारको प्रतिक्रिया र यौन हिंसाको सम्बन्धमा र आफ्नो अधिकार प्राप्तीको लागि कस्तो शिक्षा दिनुपर्दछ भनी सिकाउदछ ।को लागि कसरी लड्ने भनेर कसरी सिकाउने भनेर सिकाउँछन्। ७ The Grateful Garment Project यौन दुर्व्यवहारमा परेका DNA परीक्षणको लागि आफ्नो कपडा अस्पतालमा दिनु पर्छ। यसले पीडितहरूलाई कपडा उपलब्ध गराउने,ख्याल राख्ने र प्रेम प्रदान गर्ने गर्दछ। पीडितहरुलाई अस्पतालबाट आफ्नो घर फर्काउनको लागि चन्दाको ब्यवस्था गर्दछ। राष्ट्रिय स्तरमा संबैधानिक कानूनी ब्यवस्थाद्वारा, राज्यको नीति तथा कार्यक्रमद्वारा, संरचनात्मक ब्यवस्था गरेर,अम नागरिकमा जनचेतना जगाएर,महिलालाई सशक्तिकरण गरेर हिंसालाई कम गर्ने प्रयासको अभ्यास गरेको पाईन्छ ।

 स्रोतहरुः                                                         


https://cid.nepalpolice.gov.np/index.php/cid-wings/women-children-service-directorate

मुलुकी अपराध संहिता ऐन, २०७४


Comments

Popular posts from this blog

बिपश्यना ध्यान एक अध्ययन

बिपश्यना ध्यान एक अध्ययन                                                                       -  रन्जु ज्ञवाली  (Masters in Applied Buddhism, Second Year, LBU)  लेखसारः        मानिस सबै थोक भएर पनि तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहेको पाईन्छ । जसको कारणबाट शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनगई विभिन्न नकारात्मक प्रतिक्रिया देखाउन थाल्छ । जसको फलस्वरुप विचलिन मानसिकता हुन गई हिंसात्मक भावना देखाउने, हत्या गर्न तम्सिने, आत्महत्या गर्ने जस्ता नकारात्मक कृयाकलापमा संलग्न हुने सम्भावनाले गर्दा सम्पूर्ण मानव जीवन र समाजलाई नै प्रभावित पारेको पाईन्छ । मानव जीवनको कल्याणको लागि विचलित मनलाई वशमा राखी चित्तमा हुने नराम्रा प्रवृत्ति जस्तै रीस, राग, द्वेष र क्लेशबाट मुक्त बनाउनु पर्दछ । बिचलित मनलाई ...

महिला विकासमा सहकारी र सहकारी विकासमा महिला।

                                                                                       रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  "एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो."  सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाज...