Skip to main content

बिपश्यना ध्यान एक अध्ययन

बिपश्यना ध्यान एक अध्ययन
                                                        रन्जु ज्ञवाली (Masters in Applied Buddhism, Second Year, LBU) 
लेखसारः
     
 मानिस सबै थोक भएर पनि तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहेको पाईन्छ । जसको कारणबाट शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनगई विभिन्न नकारात्मक प्रतिक्रिया देखाउन थाल्छ । जसको फलस्वरुप विचलिन मानसिकता हुन गई हिंसात्मक भावना देखाउने, हत्या गर्न तम्सिने, आत्महत्या गर्ने जस्ता नकारात्मक कृयाकलापमा संलग्न हुने सम्भावनाले गर्दा सम्पूर्ण मानव जीवन र समाजलाई नै प्रभावित पारेको पाईन्छ । मानव जीवनको कल्याणको लागि विचलित मनलाई वशमा राखी चित्तमा हुने नराम्रा प्रवृत्ति जस्तै रीस, राग, द्वेष र क्लेशबाट मुक्त बनाउनु पर्दछ । बिचलित मनलाई शान्त बनाई चित्त निर्मल पार्नको लागि विपश्यना साधना पद्धती नै उत्तम मानिएको छ । बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वजनिन हुन्छ । सबै ठाउँ, सबै काल र सबैका लागि धर्म समानरूपले कल्याणकारी हुन्छ । लोप भईसकेको विपश्यना ध्यानलाई गौतम बुद्धले अनुसन्धान गरी फेरी सर्वसुलभ बनाउनु भएको विपश्यना ध्यान हाल के हिन्दू, के बौद्ध, के मुस्लिम, के जैन, के शिख, के इसाई सबै धर्म र सम्प्रदायका व्यक्तिको यसप्रति आकर्षण बढ्न थालेको छ । श्रीलंका, म्यानमार, थाइल्यान्ड, अमेरिका, इजराइल लगायतका मुलुकमा समेत विपश्यनाका विभिन्न चरणका ध्यान शिविर सञ्चालन हुँदै आएका छन् । जसलाई सवैले बुझ्नु आवश्यकता देखि सोही उपदेयतालाई मध्यनजर गरी विपश्यना ध्यान भनेको के हो ?, यसको ऐतिहासिक पृष्ठभूमि के छ ?, यसका फाईदाहरु के.के हुन् ?, बिधि कस्तो रहेको छ ? र हाल यसको अभ्यास कसरी भईरहेको छ, भन्ने जस्ता बिषयवस्तुमा यो अध्ययन केन्द्रित रहेको छ । विपश्यनासंग जोडिएका बिषयबस्तुहरु र विभिन्न विद्यानहरुले दिएका अभिब्यक्तिहरुको प्रस्तुति यस लेखमा गरिएको छ ।
मुख्य शब्दावलीहरुः विपश्यना, ध्यान, फाईदा, बिधि, अभ्यास, ऐतिहासिक, शुन्यता, राग, द्वेस, क्लेस, शील । 

बिषयप्रवेशः
 मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो । चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ । आफूले आफैँलाई चिन्न सिकाउँछ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयमा प्राध्यापनरत सुमन्तराज न्यौपाने भन्नुहुन्छ, “विपश्यनाले आफूलाई चिन्ने, आफूलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्छ । पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि बाह्य संसारलाई शून्यतामा बुझ्ने नै विपश्यनाको काम हो ।” हामीले खोज्ने भौतिक सुखले एकछिन आनन्द दिए पनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराउँछ । विपश्यना अहिले सबै धर्म, समुदायकोे साझा भएको छ । प्राणी हिंसा नगर्ने, झूटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने भन्ने पञ्चशील पूर्णरुपमा पालना गर्नाले समाधि (साधन) प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छः दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ, दुःख निवारण हुन्छ । आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउनुहुन्छ । 1 
बिपश्यना परिचयः
    ब्रह्माण्डमा भएका जे जति पनि अस्तित्वमा रहेका वस्तु वा प्राणी जुन जस्तो छ त्यसलाई साक्षी भाव, तटस्थ भावले हेर्ने विधि नै विपश्यना हो । विपश्यना शव्दको शाव्दिक अर्थ खोज्दा वि भनेको विशेष तवरले र पश्यना भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना। 2  विपश्यना साधना भगवान गौतम बुद्धले बताउनु भएको सुद्ध गर्ने एउटा विधि हो । यो अत्यन्त सजिलो छ । मिथ्या आडम्बर र अन्ध विश्वास मुक्त यो शुद्ध बैज्ञानिक साधना हो । विपश्यनाको माने विशेष रुपले राम्रोसँग हेर्नु यथार्थ स्वरुप र आफ्नो शरिरको राम्रोसँग परिक्षा गरेर हेर्नु । शील पालना गर्दै श्वास भित्र बाहिर भइरहेकोमा चित्त एकाग्र गर्ने अनी आफ्नो शरिर भित्र पसेर चित्तको यथार्थ स्वभाव र गतिविधी चित्तको चालचलन परिक्षा गर्र्ने,  आफ्नै अनुभवको आधारमा शरिरको अनित्य, दुखमय, निरसार स्वभावलाई बुझिलिने । शरिरप्रती ज्यादै नभै मुक्त जीवन विताउनु नै विपश्यना हो । 3  अन्तरदृष्टी प्रज्ञा प्रप्तीको लागि ध्यान अभ्यास वा एकाग्रता गर्ने अभ्यास नै अन्तरदृष्टी (विपश्यना) हो । जसको उद्येश्य देख्नु अथवा यथार्थता वा वस्तुहरु (नाम,रुप) को स्वभावलाई जान्नु  हो । कुनै पनि पदार्थको यथार्थता जे जस्तो छन् त्यसरी नै त्यस पदार्थलाई बुझ्नु अन्तरदृष्टी (विपश्यना) हो । 4  विपश्यना (Vipassana) आत्मनिरीक्षणद्वारा आत्मशुद्धिको अत्यन्त पुरातन साधना विधि हो । जुन जस्तो हो, त्यसलाई ठीक त्यस्तो नै देख्नु, सम्झनु, बुझ्नु विपश्यना हो । विपश्यना आत्म निरीक्षणद्वारा गरिने आत्मशुद्धिको साधना हो । 5  विपश्यना अर्थात् बिशेषरुपले बस्तु, ब्यक्ति र स्थितीलाई म,मेरो र प्रिय, अप्रिय भनी जसरी हेर्दछौ र त्यस प्रती प्रतिक्रिया गर्दछौं । त्यसबाट भव बन्धन कस्सिदै जान्छ र राग द्वेसरुपी विकारहरु थपिदै जान्छ, जसले गर्दा संसारमा चक्कर काटिरहनुपर्ने अवधी लम्बिदै जान्छ । त्यसरी नहेरीकन कुनैपनि बस्तु, ब्यक्ति  स्थितीलाई अनित्य, दुःख र अनात्माको दृष्टिले हेर्ने र आफ्नो शरिर र मनजस्तै शरिर मन, बस्तु र परिस्थिती अनित्य हुन् । दुःखका पुत्लासम्म हुन् । भनेजस्तो कसैको पनि कोही छैन, केही छैन सबै देखिएजस्ता मात्र हुन् भनी प्रज्ञा दृष्टिले दृष्टिगत गरी नयाँ संस्कार बन्न नदिई पुरानालाई निर्जरा पार्दै तृष्णा क्षय गरी दुःख बन्धनबाट मुक्ती पाउन गरिने ध्यान अभ्यासनै विपश्यना भनिन्छ । पाली भाषामा विपश्यनाको अर्थ बस्तुस्थितीलाई जस्ताको तस्तै हेर्नु भन्ने अर्थ हुन्छ । विपश्यना भनेको शरिर र चित्तको अनित्य स्वभावलाई साक्षीभावले हेर्नु हो । 6  विपसना –बिशेष रुपले एकचित्त गरेर हेर्नुलाई विपसना भन्दछन् । विपसना ४ प्रकारका हुन्छ । यी यसप्रकार छन्ः १) कायानुपस्सना, २) वेदनानुपस्सना, ३) चित्तानुपस्सना, ४) धम्मानुपस्सना । कायानुपस्सनाः शरिरलाई राम्ररी अर्थात् बिशेष गरी ध्यान गरेर हेर्नुलाई कायानुपस्सना भनिन्छ । जे जस्तो खालको शरीरमा अनुभव भएर आँउछ त्यसलाई एउटा एउटा टुक्रा बनाएर हेर्नुपर्दछ । ध्यान गर्नेवेलामा शरीरलाई ६ वटा परिस्थितिलाई बिशेष गरेर हेर्नुपर्दछ । आनापानासती, ईर्यापथ, संप्रज्ञान, प्रतिकुलमनसिकार, धातुमनसिकार, धातुमनसिकार, नवसिवथिक ६ प्रकारका परिस्थितीलाई राम्ररी अध्ययन गर्नुपर्दछ । वेदनानुपस्सनाःसुखःवेदना, दुःखवेदना । अदुःख, असुख र सामिष, निरामिष वेदनाहरु सुख वेदनाभन्दा ध्यान गर्दागर्दै मनमा आनन्द आउने यही हो की स्वर्ग भनेजस्तो । शरिर पनि हलुका भएर मनमा आनन्द आउनेलाई सुखवेदना भनिन्छ ।वेदना, मतलव अनुभव भइराख्ने। मनमा शान्ती प्राप्त हुने । मनमा केही पनि चिन्ता नहुने सुखैसुख मात्रको अनुभवलाई सुखवेदना भनिन्छ । चित्तानुपस्सनाः ध्यान गर्ने योगीको चित्तमा के के चित्त उत्पन्न भएको छ ? कतिको बाहिर जान्छ ? यताउता कता कता जाने गर्छन् । ध्यान गर्ने योगीले चित्तलाई अलिकति पनि विचलित नगरीकन हेर्नुपर्छ । त्यसैलाई चित्तानुपस्सना भन्दछन् । धम्मानुपस्सनाः स्वभावधर्मलाई यथार्थ हेर्नुलाई धम्मानुपस्सना भन्दछन् । धम्मानुपस्सनालाई यसरी पाँच प्रकारले विभाजन गरिएको छ– नीवरण, स्कन्ध, आयतन, बोध्यंग, सत्य । धम्मानुपस्सना जबसम्म हुन सक्दैन तबसम्म चित्तले धर्म धारण गर्दैन । आगोका धर्म पोल्नु हो । यही धारण नै सत्य हो । त्यस्तै, जुन चित्तले धारण गर्छ त्यसलाई धर्म भन्दछन् । चित्तमा भएको स्वभाव धर्मलाई नै धम्मानुपस्सना भन्दछन् । 7  
 ऐतिहासिक पृष्ठभूमीः 
सत्यनारायण गोयन्का दारुणिक अवस्थामा विपश्यना गुरु ऊ बा खिनको शरणमा पुगे । तीन पुस्तादेखि गोयन्का परिवार व्यापारिक पेशामा भारतको राजेस्थानबाट बर्मा पुगेर बसोवास गर्दै थियो । गुरुको आदेशमा गोयन्काले भारतलाई केन्द्र बनाएर बुद्ध दर्शनको विपश्यना अभियान चलाए । विपश्यना गुरु सत्यनारायण गोयन्काको प्रयासमा भारत, नेपाल र विभिन्न मुलुकमा हजारौ विपश्यना केन्द्र सक्रिय छन् । भारतबाट बर्मा पुगेको विपश्यना ज्ञान–साधना पुनः भारत फर्काउने ऊ बा खिनको आदेश गोयन्काले पुरा गरे, भन्नु पर्छ । 8 आजभन्दा २५०० बर्ष पहिले सिद्धार्थ गौतमले धेरै ग्रन्थहरुको अध्ययन गरेपछि सुनेर नै मनोविनोद गरिएका वाक्यहरुमा प्राक्टिकल्ली के कति दम छ भनेर जाँच्ने निश्चय गरेर ज्ञानको वास्तविकताको अनुसन्धानको खोजिमा निस्के । सत्यलाई महशूस नगरीक नै जसले जे भन्छ त्यसैलाई मान्नै पर्ने भन्ने हुँदैन भन्ने स्वाभिमानी भावनाले ओतप्रोत भएका सिद्धार्थलाई नावालक शिशु, प्रियसी, राजपाट र वैभवको त्याग गर्नुमा कुनै कष्ट महशूस भएन । अनेक ठाउँमा गई चिन्तन गर्दै जाने क्रममा अन्तमा भारतको बोधगयामा एउटा पीपलको बृक्षमुनि बसेर भीष्म प्रतिज्ञा गरे कि मैले अन्तिम् सत्य बोध नगरे सम्म आँखा खोल्ने छैन, हलचल गर्ने छैन, खानपीन केहि गर्ने छैन भनेर तपस्यामा लीन भए पछि दृढ निश्चयको ताकतको अगाडी प्रारब्ध झुक्दो रहेछ भन्ने देखियो । सातै दिनमा त्यो अद्भूत ज्ञानको रहस्य थाहा पाए । हामीमा हर्ष, विस्मात किन र कसरी आउँछ ? किन मानिस दुःखी रहन्छ ? दुःखबाट मुक्त हुन के गर्नु पर्ला जस्ता जिज्ञासाको लागि अनुसन्धान, प्रयोग र चिन्तन गर्दा गर्दा धेरै बर्ष वितेपछि आफ्नै बलबूताले त्यो बिद्या जानेरै छाडे । उनले पत्ता लगाएको अद्भूत ज्ञान विपश्यना ध्यान हो । 9  विपश्यना ध्यन साधना एक अत्यन्त पुरानो ध्यान पद्धती हो । करिब २५०० बर्षपूर्व भगवान गौतम बुद्धले यस विधिलाई पत्ता लगाउनु भयो । आफैले अभ्यास समेत गरी सम्यक समाधी लाभ गर्नुभएको थियो । यसै विधाद्वारा जन्म मरणरुपी भाव दुःखबाट मुक्त रहेको निर्वाण पद प्राप्त गर्नुभएको थियो । आफुले मात्र मुक्ती रस नचाखीसंसारका अन्य अपार दुःखी जनसमुदायलाई पनि लोक कल्याण खातिर सर्वसुलभ पार्नुभएको थियो । आफुले जे गर्नुभयो त्यही सिकाउनुभयो जे जस्तो सिकाउनुभयो यस्तै आफुले पनि अभ्यास गर्नुभयो । 10 आजभन्दा २५०० बर्ष पहिले लोप भईसकेको विपश्यना साधना पद्धती गौतम बुद्धले अनुसन्धान गरी फेरी सर्वसुलभ बनाउनु भएको थियो । 11
विपश्यनाको बिधिः
यथार्थमा विपश्यना गर्न चाहनेहरुका लागि भने दृढ शक्ति, आत्मविश्वास र संकल्प हुनु जरुरी हुन्छ । यसको लागि शुरुमै केहि प्रतिज्ञाहरु गर्नु पर्दछ । ति हुन । १) आत्म समर्पणको प्रतिज्ञा २) शीलपालना गर्ने प्रतिज्ञा ३) मन लगाएर ध्यान गर्ने र मंगलमैत्री भावना जगाई सबैलाई बाँड्ने प्रतिज्ञा । ध्यानले सिद्धि पाउनको लागि त्यस बिद्यामाथी पूरापूर समर्पित हुनु जरुरी हुन्छ र यीं कुरा स्वीकार्नु पर्दछः १) बुद्धम् शरणम् गच्छामी (बुद्ध भन्नाले सिद्धार्थ गौतम् भन्ने नभई सम्यक ज्ञान (प्रज्ञा) भन्ने जनाउँदछ)। २) धम्मं शरणम्ां गच्छामी (धम्म भनेको कुनै साम्प्रदायिक तत्व हिन्दु, मुस्लीम, क्रिश्चिन आदी नभई शुद्ध प्राकृतिक धर्मलाई जनाउँदछ) । ३) शङ्घम् शरणम् गच्छामी (शङ्घ भन्नाले तीं ज्ञानीजनहरु जसले हामीलाई सत्यको समीप लैजान सहयोग गर्नुहुन्छ भन्ने जनाउँदछ। पञ्चशीलहरुको कडाईका साथ पालना गर्नु अनिवार्य हुन्छ । १) अहिंसा (लामखुट्टेले टोके पनि पाट्ट मार्न नहुने, भुईंमा टेक्दा पनि कमिला किच्चिएला भनेर सावधान हुने, सबै प्राणीहरुलाई मलाईजस्तै दुख्छ होला भन्ने भावना जगाई राख्ने) २) चोरी नगर्ने (यतिसम्मकि साथीहरुको सामाग्रीहरु पनि नसोधि नचलाईदिने) ३) यौन क्रिया वा कामनाबाट समेत टाढा रहने (महिला पुरुषले शिविर अवधिभर एक अर्काको शरीर वा अनुहार समेत हेरीरहन नहुने। ४) झुटो नबोल्ने या असत्य ब्यवहार नदेखाउने । ५) कुनै पनि प्रकारको नशा (चुरोट, पान, खैनी, रक्सी आदि सेवन ) गर्न नहुने । भिक्षु जस्तै जीवन ११ दिनसम्म विताउन लगाइन्छ। यसमा भिक्षुको जस्तै पहिरन लगायतका क्रियाकलाप नगराइए पनि अरुले दिएको दानमा १० दिनसम्म बाच्नु पर्ने हुन्छ । शिविर अवधीभर वाणी, इशाराबाट समेत एक अर्कासंग कुरा गर्न पूर्ण वर्जित गरीन्छ । यतिसम्मकी साधकहरुले एक अर्कासंग हात मिलाउने वा अनुहार हेर्ने समेत नगर्नु उपयुक्त मानिन्छ। यसलाइ आर्यमौन भनिन्छ । शिविरमै सात्विक भोजन प्राप्त हुन्छ जुन ठीक ठीक समयमा घण्टि लगाएर दिइन्छ । दिउसो १२ बजे उप्रान्त खाना खानु हुँदैन । ध्यान कतै पनि नजाओस भन्नको लागि मोबाइल, पत्रपत्रिका, रेडियो, पढ्ने लेख्ने, अन्य पूजापाठ, ध्यान, योग आदि सबै वर्जित हुन्छ (तर खाली समयमा निश्चित क्षेत्रमा हिंडडुल गर्न भने सकिन्छ)। चौथो दिन पछि ध्यानमा अँझै कडाई थपिन्छ अर्थात् दिनको तीन पटक १÷१ घण्टा बिल्कुल हलचल नगरी ध्यान गर्नु पर्ने हुन्छ जुन ध्यान सकिए पछि साधकहरुको आत्मबलमा सहयोग गर्छ । बेलुकी ९ बजे देखि बिहान चार बजेसम्म ७ घण्टा सुत्नेनै समय हो। बाँकी दैनिक १७ घण्टा घडिको सुई र घण्टिको चालमा चल्नु पर्ने हुन्छ। बिहान ४ बजे उठेर फ्रेस हुन घण्टि लाग्छ, ४ः३० मा ध्यान गर्ने हलमा आइ पुग्नु पर्दछ। समयमा नआउनेहरुको कोठा कोठमा गई स्वयंसेवकहरु ढोका ढक्ढक्याउन आइपुग्छन्। २ घण्टा ध्यान, अनि साढे एक घण्टा खाजा र आराम, अनि ३ घण्टा ध्यान, २ घण्टा खाना र आराम, ४ घण्टा ध्यान, १ घण्टा नास्ता र आराम, साढे एक घण्टा ध्यान साढे एक घण्टा प्रवचन सुन्दा ९ बजेको घण्टि बजे पछि बिहान ४ बजे उठ्नु । सधैं निश्चित आसनमा बुद्धका झैं सीधा बसेर आँखा चिम्लेर शान्तसंग बस्नु पर्दछ । पहिलो तीन दिनसम्म नाकभित्र, नाकका प्वाल र श्वास बाहिरिने जुँगाको मध्य क्षेत्रमा श्वास आवतजावत गरेको थाहा पाइराख्न लगाइन्छ र तीं भागहरुमा उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ । आफ्नो श्वासप्रश्वासलाई द्रष्टा भावले महशूस गरीराख्नेमात्र हो । बीचमा कतै चिलायो भने पनि कन्याउँन हुँदैन किनभने शरीरका कुनै पनि घटना अनित्य हुन्छन्। जुन उत्पन्न हुन्छन् तीं अवस्य आफै नष्ट हुन्छन्। त्यस पछिका दुई दिनसम्म श्वास आवागमनको क्षेत्र साँघु¥याइन्छ अर्थात् नासिकाको प्वाल देखि जुंगाक्षेत्रसम्म मात्रै अवलोकन गर्न लगाइन्छ र उत्पन्न हुने संवेदनाहरुको जानकारी राख्न लगाइन्छ। त्यसपछिका ४ दिनसम्म ध्यानलाई शिर देखि पाउँसम्मका शरीरका प्रत्येक अंगहरुलाई शुक्ष्मरुपले अवलोकन गर्न लगाई त्यहाँ उत्पन्न हुने संवेदनाहरु महशूस गर्न लगाइन्छ। दर्शौ दिन यसै क्रियालाई दाहो¥याउंदै सबैको मंगल कामना गर्ने मंगलमैत्री कार्यक्रम पनि थपिन्छ र बाहिरको केहि निश्चित स्थानहरुमा मौनब्रत समाप्त हुन्छ । एघारौं दिनको बिहान केहि समय ध्यान र अन्तिम् प्रवचन सुनेपछि शिविर समाप्त हुन्छ । 12 अनुलोम क्रियाः टाउकोदेखि पैतलासम्म मनलाई क्रमश विस्तारै अघि बढाई शरिरका विभिन्न अङ्गपत्यङ्गमा तत्क्षण उत्पन्न भईरहेको सुखद् वा दुखद् संवेदनाको साक्षीभावले यथाभूत अनुभव गर्दै बढ्नुपर्छ । संवेदनाप्रति राग द्वेषको प्रतिक्रिया पनि बन्द गर्नुपर्दछ । ती अनित्य हुन्, दुःखका स्रोत हुन् अनात्मा पनि हुन्, भनी संवेदनाहरुको असारतालाई ह्रदयगंम गरी प्रज्ञामा स्थित रहनुपर्छ । टाउकोदेखि पैतलासम्म मन पुगे पुगेको स्थानमा प्रकट भईरहेको संवेदनालाई नै महत्व दिई अनुभूत गर्नुपर्छ । कुनै पनि संवेदना अनुभव भईरहेको छैन भने त्यहाँ केहीबेर कुर्नुपर्छ । त्यसरी पनि संवेदनाको अनुभव नभए अहिलेको लागि यही सत्य हो भनी स्वीकार गरी अगाडी बढ्नुपर्छ । दिक्क नमानिकन बारम्बार कोशिस गर्दै रहनुपर्छ । सवेदनालाई समताले हेरी कल्पना, चाहना, रोजाई र भोगाईको परित्याग गर्नुपर्दछ ।कुनै स्थानमा केहीबेर कुर्दा पनि संवेदना अनुभव नभएमा लुगाले छोएको अङ्गमा भएपनि अनुभव गर्नुपर्दछ । प्रतिलोम क्रियाः अब पाईतालादेखि शुरु गरी उद्र्धमुखी दिशामा अभीमुख भै टाउकोसम्मको संवेदना अघि बताईएझै कसैले अनुभव गरी अघि बढ्नुपर्छ । यसलाई प्रतिलोम क्रिया भनिन्छ । माथिबाट तल झर्ने क्रियालाई अनुलोम क्रिया भनिन्छ । माथिदेखि तलसम्म र तलदेखि माथिसम्म ओहरदोहर गरिरहनुपर्छ । धैर्यता धारण गरी क्रमैसँग विस्तारै नहड्बडाईकन सजग मनले, सचेत भई चित्तले समतायुक्त चित्तले संवेदनाको यथाभूत अनुभव गर्दैरुहनुपर्छ । धाराप्रवाह सम्बन्धमाः एक एक अङ्गलाई टुक्राई हेर्दै जानुपर्छ र पुनः धाराप्रवाहको अनुभव गर्नुपर्दछ । राग र द्वेसको सट्ट प्रज्ञाको प्रवद्र्धन गरी राग र द्वेसको संस्कारलाई बन्न नदिने कार्यमा उद्यत र सतर्क रहनुपर्छ । प्रतिलोम अनुलोम क्रिया (तल माथी) गर्नुको साथसाथै मनको समता कायम राख्नुपर्छ । नयाँ संस्कार बन्न नपाओस् पुराना क्षीण भईजाओस् भन्ने उद्येश्यका साथ अटुट प्रयास गरिराख्नुपर्छ । समताको विकासः हाम्रा पुराना संस्कारहरु संवेदनामार्फत प्रकट हुन्छन र तिनलाई समतायुक्त प्रज्ञा चक्षुले हेर्न सकिएमा ती एक एक गरी निर्जरा भएर जान्छन् । अतः समता विकसित गरी नयाँ संस्कार बन्ने क्रिया बन्द गरी पुराना संस्कारलाई एक एक गरी सिध्याउनु छ । यही नै चित्त विशोधनी गंगा हो । यही नै सद्धर्म हो । यही नै विपश्यना हो । यही नै साचो अर्थमा दुःख मुक्ती हो । यही नै निर्वाण हो । यही नै परम शान्ति हो । पुराना संस्कारको सदुपयोगः घनीभुत सवेदना रहिरहे पनि त्यसप्रति क्रोध वा घृणा जगाई द्वेसको संस्कार बनाउनुहुदैन बरु त्यसलाई पुराना द्वेसको संस्कार निकालेर फाल्ने काममा उपयोग गर्न जान्नुपर्छ । समतामा स्थित भएको बेला नयाँ सस्कार थपिने सम्भावना नहुने हुँदा पुराना संस्कारहरु पत्र पत्र गरी उप्की सतहमा उत्रिन्छन् । तिनमा रागको प्रतिक्रिया हुन गएमा तिनको झन झन बृद्धि हुनजान्छ । त्यसैले तिनमा पनि समता विकसित गर्न सकिएमा ती कमजोर भई प्रभावहीन हुन पुग्दछन् अनी अन्नतोगत्वा ती पनि विलाएर जान्छन् । यसरी हामी पुराना रागका संस्कारबाट मुक्ती पाउन सक्छौं । भङ्गजानःसुक्ष्मतर संवेदना शरीरको सर्वत्र अनुभव भइरहेको छ भने एकै सासमा तल पठाउने वा एकै सासमा माथि लैजाने गर्नुपर्छ । शरीरको कुन भागमा मुर्छा वा घनीभुत संवेदना छ भने त्यसलाई पनि हेर्नुपर्छ । एक एक अंगमा हेर्नुपर्छ । शरिरको कुन भागमा मुर्छा वा घनिभुत संवेदना छ भने त्यसलाई पनि हेर्नुपर्छ । मन सुक्ष्म भई काम गर्न थालेपछि भित्र अन्तरस्करणमा लुकेर बसेको अनुशय क्लेशले टाउको उठाउन सक्छ । त्यसैले धाराप्रवाह पछि पनि स्थुल र घनीभुत संवेदना जाग्नसक्छ । अतः सतत र सचेत भइरहनुपर्छ । ती अनुशय क्लेशहरु पनि समय माएर सतहमा उत्री विस्तारै पग्लेर वा गलेर वा बिलाएर जानेछन् । मुख्यकुरा मनलाई दृध पारी । धैर्य धारण गरी पुरुषार्थ गरी निरन्तर काम गर्दैजानु पर्दछ । धाराप्रवाह र अन्य सबै प्रकारमा संवेदनाहरु अनित्य हुन् ती जानलाई नै आएका हुन् । स्थुल संवेदना उन्पन्न भएमा पनि खेद मान्नुहुदैन किनकि यही दुःखका कारणबाट उम्कने सुवर्ण अवसर हो । ती उत्पन्न भएकै बेस भयो । हामीले बुझ्नुपर्ने एउटा कुरा के भने समतामा स्थित रहनु पर्छ र नयाँ संस्कार बनिने क्रियाबाट जोगिनुपर्छ होस राखी समतामा रहन सकेमा राग र द्वेसमा संस्कारहरुको शक्ति क्षिण भएर जान्छ र अन्तमा तिनिहरुले हामीलाई कुनै प्रकारको दुःख दिन सक्दैनन् । अतः समनामा स्थित भई प्रतिक्रिया विना संवेदनाको यथाभूत जानकारी राख्नुमा नै हाम्रो कल्याण हुन्छ । यसैले हाम्रा जन्मजन्मान्तरका भववन्धनको सिक्रिबाट चुडालिदिन्छ । यही नै विपश्यनाको अभ्यास हो । 13
बिपश्यनाको फाईदाहरुः 
तनावमुक्त बनाई राहत प्रदान गर्न, शान्तिको अनुभुत गराउछ, समस्याहरुसँग नडराउने, सामना गर्ने र सही समाधान खोज्ने हिम्मत र शक्ति प्रदान गर्दछ, आत्मविश्वास दिलाउछ, डर र त्रासका लक्षणहरुमाथि विजय प्राप्त गरी निडर हुन सिकाउँछ, असन्तुष्टहरुलाई भित्री सन्तुष्टि कायम गर्न वा बढाउन उपयुक्त अवसर प्रदान गर्दछ, धर्मको यथार्थ महत्व बुझ्न यथेष्ट मद्यत गर्दछ, जीवनलाई यथार्थरुपले बुझ्न मद्यत गर्दछ , आसावादी हुन सिकाउदछ, धनलाई आफ्नो तथा अर्काको हित सुखको लागि खर्च गर्न सिकाउँछ, सन्तुष्ट रहन र ईश्र्या नगर्न सिकाउँछ, मनलाई भड्किन नदिई ठिक बाटो अपनाउन र आफ्नो गन्तब्य पहिल्याउन सरल बनाउदछ, क्रोध, घृणा र बारम्बारको पश्चातपमाथि विजय प्राप्त गर्न सिकाउछ, ईश्र्यालु स्वभाव हुनेहरुलाई ईश्र्याका खराब परिणामप्रति सजग गराईदिन्छ, ईन्द्रियहरुको दास हुनेहरुलाई ईन्द्रियालाई कसरी दमन गर्न र मनको मालिक कसरी बन्न्ो कुरा सिकाउछ, नशालु पदार्थ सेवनबाट मुक्ती बनाउँछ, भाववेसले मुर्ख बनाउन र धोखा दिन सक्दछ, बस्तु, ब्यक्ति र स्थितीलाई जस्ताको तस्तै हेर्न सिकाउछ, कमजोरी उपर विजय हासिल गर्न मद्यत गर्दछ । 14 शक्ति बढ्दछ, यश, किर्ति प्राप्त हुन्छ, असन्तोष विल्कुल हुँदैन, खान, सुत्न, धनसम्पति आदिमा पनि सन्तोष हुन्छ, भय, विघ्न हटेर जान्छ, निर्भिक हुन्छन्, अल्छीपन हटेर जान्छ, उत्साहको बृद्धि हुन्छ, राग हुदैन, ईष्र्या द्वेषको भावना हुदैन, अविद्या हट्छ, मोह पश्चाताप हुदैन, उत्पती र विनाशलाई राम्ररी बुझेको हुँदा अभिमान हुदैंन, शंका उपशंका हुदैंन, चित्त चंचल नभै एकाग्र हुन्छ, क्रोध कहिल्यै हुदैन, शत्रु हुदैनन्, चित्त सधै खुशी हुन्छ, भावना गर्दा जुन आफुले चाहेको निर्वाणसुख श्रवण भाव यथार्थ फल प्राप्त हुन्छ । 15
बिपश्यनाको अभ्यासः
भगवान बुद्धको महापरिनिर्वाणको केही शताब्दीपछि नै भारतमा यस विपश्यना विद्या लोप हुनपुग्यो । तर यसलाई गुरु शिष्य परम्परामा छिमेकी देश बर्मा (हाल म्यानमार) मा बिशुद्धरुपमा संरक्षण दिइराखेको भेटियो । यस विद्यालाई बर्माका विपश्यनाचार्य स्व.श्री सयाजी ॐ बा खीनबाट आचार्य श्री गोयन्का ज्यूले सिक्नुभयो । विपश्यना सिकेपछि उहाँको जीवनमा ठूलो परिवर्तन आयो र त्यसपछि समाजसेवा र मानवसेव ागर्ने पुनित अभिलाषा जाग्यो । उहाँ सन् १८६९ मा भारत आउनुभयो र विपश्यना ध्यान साधनाको निर्वाधरुपमा प्रचारप्रसारमा लाग्नुभयो । त्यही क्रममा उहाँ सन् १९८१ मा सर्वप्रथम नेपालमा आउनुभई विपश्यना ध्यान पद्धतीको सुत्रपात गर्नुभयो । त्यसवेलादेखी प्रारम्भमा बर्षको १ चोटी १० दिने विपश्यना शिविरको आयोजना हुदैरह्यो । त्यसको केही समयपश्चात बुढानिलकण्ठको मुहानपोखरीमा धर्मश्रङ्गको नामले अन्तराष्ट्रिय नेपाल विपश्यना केन्द्र स्थापना भई केही समयसम्म महिनाको १ चोटी शिविरको आयोजना भइरह्यो । त्यसको केही समयपश्चात हालसम्म पनि महिनाको २ चोटी नियमित रुपमा विपश्यना ध्यान शिविरहरु संचालन भईरहेको छन् । 16 वि.सं २०३८ देखि हालसम्म धर्मश्रङ्गमा निम्नानुसार शिविरहरुमा विभिन्न भेषभुषा र सम्प्रदायका नयाँ ३१०४ र पुराना २४६९ गरी जम्मा ५५७३ साधक  साधिकाहरुले शिविरहरुमा सम्मिलित भई लाभान्वित भई सकेका छन् । क) पुज्य गुरुजीको सानिध्यमा संचालित १० दिने शिविर – ५ ख) सहायक आचार्यहरुद्वारा संचालित १० दिने शिविर–१०२, ग) सहायक आचार्यहरुद्वारा संचालित आनापाना शिविर–३, घ) बालबालिकाहरुको लागि संचालित आनापाना शिविर–३ ङ) स्वयं शिविर –१२, च) लघु शिविर–९ । 17 दुई वर्ष अघिको तथ्याङ्क केलाउँदा मुहानपोखरीस्थित धर्मशृङ्गमा अहिलेसम्म करीब ७० हजारभन्दा साधक–साधिका यस ध्यानमा सहभागी भइसके । त्यसमा झण्डै आधा–आधी विदेशी थिए । केन्द्रका अनुसार सन् २०१६ मा दुई हजार ५४१, २०१५ मा दुई हजार २८६ र २०१४ मा चार हजार नयाँ तथा पुराना साधक ध्यानमा सहभागी भएका थिए । सन् २०१७ र २०१८ मा तीन हजार जति थपिएको अनुमान गर्न सकिन्छ । भारत, चीन, जापान, बर्मा, श्रीलङ्का, अमेरिकालगायतका मुलुकहरुमा पनि विपश्यनाका सात दिवशीय, २० दिवशीय, ३० दिवशीय र ४५ दिवशीय शिविरहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । शिविर अवधि सकिएपछि साधकले गर्ने दानबाटै यस्ता विपश्यना केन्द्रमा अर्को शिविर सञ्चालन हुँदै आएका छन् । 18  भगवान बुद्धको समय देखि यस ध्यान(विधिले गुरू शिष्य परम्परा मार्फत अक्षुण्ण रूपमा निरन्तरता पाइरहेको छ । थेरवादी परम्परा अन्तर्गत हाल नेपालमा महाशी सयादो र आचार्य सत्य नारायण गोयन्काको गरी दुई परम्पराहरू प्रचलित छन् । यी दुवै परम्पराहरू अन्तर्गतका विपश्यना ध्यान केन्द्रहरू विश्वभरी फैलिएका छन् । नेपालमा महाशी सयादो परम्परानुसार लुम्विनी मा पण्डिताराम लुम्विनी अन्तर्राष्ट्रिय विपस्सना ध्यान केन्द्र र काठमाडौंमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, शंखमूलमा केन्द्रहरू सञ्चालित छन् । यस्तै सत्यनारायण गोयन्का परम्परानुसार धम्म श्रृङ्ग (बुढानीलकण्ठ), धम्म कित्ति (किर्तिपुर), धम्म विराट (इटहरी), धम्म चितवन (चितवन), धम्म पोखरा, धम्म तराई (बीरगञ्ज), धम्म जननी (लुम्विनी) र धम्म सुरक्खेत (सुर्खेत) गरी जम्मा ८ स्थानमा केन्द्रहरू सञ्चालित छन् । 19 दश दिनको शिविरमा नौ दिनसम्म पूर्णरूपमा मौन बस्नुपर्ने नियम छ र दशौँ दिन मात्र साधकलाई बोल्न अनुमति दिइन्छ। पुराना साधकले विशिष्ट शिविरका साथै २०, ३०, ४५ र ६० दिने शिविरमा बस्न पाउँछन्। नेपाललगायत विश्वका कुनैपनि देशमा सञ्चालित यस्ता शिविरमा शुल्क लिइँदैन। साधकको स्वेच्छाको दानबाट मात्रै यस्ता शिविर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हुन्छ। 20  
निष्कर्षः
भगवान गौतम बुद्धले यस विधिलाई पत्ता लगाउनु भयो । आफैले अभ्यास समेत गरी सम्यक समाधी लाभ गर्नुभएको थियो । यसै विधाद्वारा जन्म मरणरुपी भाव दुःखबाट मुक्त रहेको निर्वाण पद प्राप्त गर्नुभएको थियो । आफुले मात्र मुक्ती रस नचाखीसंसारका अन्य अपार दुःखी जनसमुदायलाई पनि लोक कल्याण खातिर विपश्यनालाई सर्वसुलभ बनाउनु भएको थियो र सर्वसुलभ पार्नुभएको थियो । पुनः आचार्य श्री गोयन्का ज्यूले सन् १९८१ मा सर्वप्रथम नेपालमा आउनुभई विपश्यना ध्यान पद्धतीको सुत्रपात गर्नुभएको थियो । विपश्यनाको क्रममा बुद्धले सुत्रपात गर्नुभएका शीलपालना गराईन्छ । विपश्यनाको शाब्दिक अर्थ आफुभित्र गहिरिएर हेर्नु हो । विपश्यनाले शरिरमा भएको राग, क्लेश, द्वेस मेटी शुन्यभावको विकास गराउने, दुःख मुक्तीको विज्ञान, आत्म निरिक्षण गर्ने बैज्ञानिक साधना पद्धती भएको हुँदा यसको महत्व ज्यादै रहेको आसय यस अध्ययनबाट पाईयो । सवै धर्म र सम्प्रदायका व्यक्तिको यसप्रति आकर्षण बढ्न थालेको छ । श्रीलंका, म्यानमार, थाइल्यान्ड, अमेरिका, इजराइल लगायतका मुलुकमा समेत विपश्यनाका विभिन्न चरणका ध्यान शिविर सञ्चालन हुँदै आएका छन्, हाल नेपाल विपश्यना केन्द्र लगायत ८ वटा अन्य ठाँउमा विपश्यना ध्यान विधि अभ्यासमा रहेको छ । अझपनि सम्बन्धित सरोकारवालाहरुले यसको प्रचारप्रसारमा जोड नदिनाले सबै माझ पुग्न नसकेको अवस्था छ । विपश्यनाको केन्द्रको संख्यामा बृद्धि गराई हरेक क्षेत्रमा संलग्न रहेका ब्यक्तिलाई यसको अभ्यासलाई अनिवार्य र निरन्तरता दिएको खण्डमा तत् क्षेत्रको विकास हुने र उद्येश्य परिपुर्ति हुने देखिन्छ । सबै ब्यक्तिलाई शीलपालन गराई विपश्यनाको अभ्यास गराएको खण्डमा सम्बृद्ध ब्यक्ति, समाज, राष्ट्र बन्ने कुरामा दुविधा नरहेको पनि पाईन्छ ।

सन्दर्भ सामाग्री सूचीः

1 - News, Kalika. Kalika News. 11 02 2077. 2 3 2077 <http://kalikanews.com/news/126789>.

2 - Nepal Buddhist News. 29 may 2020. 11 jun 2020 <http://nepalbuddhistnews.com/2020/05/396>.

3, 10 - डा.भिक्षु बलम ुनन्द। ध्यानका मुलतत्वहरु , सिद्धार्थ विश्वविद्यालय सुगन्धकुटी विहार नाला, नेपालका निमित्त श्रीमती पवित्र मोक्तान परिवार , २०५८।

4 - अश्वघोष, भिक्षु,  विपस्सना ध्यान (बौद्ध ध्यान) सत्यनारायण गोयन्का । बनेपा, काभ्रे ः २०७४, भिक्षु अश्वघोष, ध्यानकुटी विहार ।

5 - wikipedia. n.d. 20 6 2020 <https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%AA%E0%A4%B6%E0%A5%8D%E0%A4%AF%E0%A4%A8%E0%A4%BE>.

6, 13, 14, 16 - शाक्य, दोलेन्द्ररत्न विपश्यना–ध्यान–साधना,  सोमवासरिया धर्म चर्चा साकच्छा समुह , २०७५।

7, 15 - गुरुङ्ग, डा. अनोजा,  बौद्ध ध्यान, बागबजार स् सुलक्षण किर्ति विहार , २०६२।

8 - किराती, गोपाल, खरीपाटी, ३१ । २ ।२०७७, ३१ ।२ ।२०७७ <https://kharipati.com/2019/05/966/>.

9, 12 - मिश्र सिद्धराज, अन्नपूर्ण । २८ । ८ ।२०७४,  ३१। २ ।२०७७ <http://annapurnapost.com/news/85973>.

11, 17 - नेपाल विपश्यना केन्द्र,  विपश्यना एक परिचय,  काठमाडौः नेपाल विपश्यना केन्द्र, 

18 - न्यूज, विश्व, ३ ३ २०७६ । ३१ २ २०७७ <https://vishwanews.com/archives/1140>.

19 - Wikipedia. Wikipedia. 30 10 2016. 20 6 2020 <https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%AA%E0%A4%B6%E0%A5%8D%E0%A4%AF%E0%A4%A8%E0%A4%BE>.

20 - पत्रिका, स्वास्थ्य खबर, स्वास्थ्य खबर पत्रिका , २, ३, २०७७  <https://swasthyakhabar.com/story/23473>.

Comments

Post a Comment

Popular posts from this blog

बलात्कार (जबर्जस्ती करणी) को अवस्था र कानूनी व्यवस्था

                           - रन्जु ज्ञवाली पंगेनी  (बि.एड, एम.ए., एल.एल.बी.)   "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले   आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ । नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार " कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ"        हाम्रो देशमा मुलुकी  अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । ...

उनको आशाको नाममा !

‍‍-रञ्जु ज्ञवाली कार्यालयमा कार्यसम्पादको क्रममा सेवाग्राहीलाई सधै जस्तै स्वभाविक र आवश्यक प्रश्न सोधें: तपाईंको छोराको नाम के राख्ने त ? सेवाग्राहीले सधैं दिने उत्तर भन्दा फरक उत्तर आयो : मेरो छोराको नाम लि क्वान यु राख्ने हो। प्रचलित भन्दा नवीन र फरक भएकोले नाम अप्ठ्यारो छ, यो नाम राख्दा पछि अप्ठ्यारो पर्ने पो हो कि, पछि परिवर्तन गर्न भन्नु हुन्छ की ! भन्ने प्रश्न गर्दा पनि म साझा सवाल सुनेपछि यिनको बारेमा अझ बढी जान्ने इच्छा भयो र बुझ्दै जाँदा मेरो छोरा जन्मिएपछि छोराको नाम यही राख्ने ईच्छा स्वरुप यहीँ नाम राखी जन्मदर्ता गर्न आएको हुँ, यही नाम राखिदिनुहोस् । भन्ने उत्तरले मलाइ एकछिन सोच्न बाध्य पार्यो।  यिनी एक शिशुको पिता मात्र थिएनन्, नेपालको संविधानको धारा २ अनुसारको सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न एक नागरिक, मतदाता र करदाता पनि थिए। यिनले हाम्रो देशले पनि लि क्वान यु जस्तो कुशल नेतृत्वकर्ता पाएमा प्रगतिको उचाई छोएका समकालीन विश्वका देशहरु जस्तै नेपाल पनि बन्न सक्छ भन्ने आस नमार्नु तिनमा सकारात्मक संकेत देखिन्थ्यो। सिंगापुरबाट हजारौं किमी टाढा नेपालका नागरीकलाइ यति प्रभाव...