Skip to main content

उनको आशाको नाममा !

‍‍-रञ्जु ज्ञवाली

कार्यालयमा कार्यसम्पादको क्रममा सेवाग्राहीलाई सधै जस्तै स्वभाविक र आवश्यक प्रश्न सोधें: तपाईंको छोराको नाम के राख्ने त ? सेवाग्राहीले सधैं दिने उत्तर भन्दा फरक उत्तर आयो : मेरो छोराको नाम लि क्वान यु राख्ने हो।

प्रचलित भन्दा नवीन र फरक भएकोले नाम अप्ठ्यारो छ, यो नाम राख्दा पछि अप्ठ्यारो पर्ने पो हो कि, पछि परिवर्तन गर्न भन्नु हुन्छ की ! भन्ने प्रश्न गर्दा पनि म साझा सवाल सुनेपछि यिनको बारेमा अझ बढी जान्ने इच्छा भयो र बुझ्दै जाँदा मेरो छोरा जन्मिएपछि छोराको नाम यही राख्ने ईच्छा स्वरुप यहीँ नाम राखी जन्मदर्ता गर्न आएको हुँ, यही नाम राखिदिनुहोस् । भन्ने उत्तरले मलाइ एकछिन सोच्न बाध्य पार्यो। 
यिनी एक शिशुको पिता मात्र थिएनन्, नेपालको संविधानको धारा २ अनुसारको सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न एक नागरिक, मतदाता र करदाता पनि थिए। यिनले हाम्रो देशले पनि लि क्वान यु जस्तो कुशल नेतृत्वकर्ता पाएमा प्रगतिको उचाई छोएका समकालीन विश्वका देशहरु जस्तै नेपाल पनि बन्न सक्छ भन्ने आस नमार्नु तिनमा सकारात्मक संकेत देखिन्थ्यो। सिंगापुरबाट हजारौं किमी टाढा नेपालका नागरीकलाइ यति प्रभाव पार्न सकेका नेताको बारेमा विश्वविद्यालय अध्ययन गर्दा बाहेक विस्तृत अध्ययन गरिएको थिएन। कार्यालयबाट फर्केर घरको काम सकेपछि उनको बारेमा थप अध्ययन गर्ने हुटहुटीले निदाउन दिएन।
लीले शासनसत्ता सम्हाल्दा प्रतिव्यक्ति आय ४४३ डलर मात्र भएको देशलाई हाल ७२,७९४ डलरसम्म पुर्याउनु र बेलायती उपनिवेश रहँदै देखि प्रधानमन्त्री बनेका लीले मलेशियाको एउटा प्रदेश हुँदा पनि मलेसियाले यो प्रदेशलाई अनावश्यक मानेर तिरस्कार गरिएको मुलुक सन् १९६५ मा स्वतन्त्र सार्वभौम भएको राष्ट्रलाई ली ले कहिल्यै बोझको रुपमा नलिई अवसर सोची बसालेको जग, कोरेको गोरेटोले गर्दा आज यो मुलुक विश्व समुदायले रुचाईएको जनअपेक्षित सफलतापूर्ण मुलुक बनेको छ। 
   नेपालको विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिने मुलुक सिङ्गापुर पनि सन् १९४२ मा जापानी सेनाको बर्बरताको चपेटामा परेको थियो। सिङ्गापुरमा अनुमानित १ लाख मानिसहरुलाई बन्दी बनाईएको थियो भने त्यतिबेला जापानी सेनाको कब्जामा रहदा हजारौंले ज्यान गुमाएका थिए । (Historic U K) सिङ्गापुरमा तत्कालिन समयमा जनसंख्याको तुलनामा खाद्यान्नको आपूर्ति, स्वास्थ्य सुविधा थिएन। बिजुली, ग्यास, पानी र टेलिफोन सेवाहरु गम्भीर रुपमा जीर्ण अवस्थामा थिए । जनसंख्याको उचित ब्यवस्थापन नभएको कारणले नागरिकहरु सुकुम्बासी बस्तीहरुमा बस्न बाध्य भएका थिए। कुपोषण र रोगको कारणबाट मृत्युदर युद्धपुर्वको अवस्था भन्दा दोब्बर थियो। अपराधिक क्रियाकलापहरु, जुवा र बेश्याबृत्ति जस्ता हिंसाको प्रकोपहरु मौलाएको थियो । भ्रष्टाचार तीब्र गतिमा मौलाएको थियो । (statudies) तर हाल यो देश विश्वको चौथो धनी देश, गरिवी शुन्य, वार्षिक जि.डि.पी. बृद्धि ७.६ प्रतिशत, बेरोजगारी ३.६ प्रतिशत, विद्दुतको सुविधा १०० प्रतिशत, ब्यवस्थापन सरसफाई सेवा १०० प्रतिशत, ईन्टरनेटको सुविधा ९२ प्रतिशत, भ्रष्टचार शुन्यको बराबर हुन सफल भएको छ। (bank)  नेपालमा औपचारिक रुपमा वि. सं २००४ साल जेठ २९ गते (पोष्ट) पहिलो पटक स्थानीय निकायको चुनाब पश्चात हालसम्म जनप्रतिनिधि छानी आफ्नो लागि आफै शासक चुनी शासित बन्ने परिपाटी भएतापनि नेपालीहरुले ली जस्तो शासक चुन्न नसकेको प्रति आम नेपालीकै असन्तुष्टी रहँदै आएको छ । आफ्ना लागि नेतृत्व छनौट गर्ने अधिकार हुँदाहुँदै पनि चुनिएका नेतृत्व प्रति आफ्नो व्यक्तिगत स्वार्थ र ईच्छा परिपुर्ती गर्नु सिवाय जनताको लागि कसैले केही गर्न नसकेको कुरा विभिन्न सामाजिक संजालहरु मार्फत् आफ्नो असन्तुष्टि ब्यक्त गरेको पाउन सकिन्छ। कसलाई उत्कृष्ट नेता भन्ने भाषण, या व्यवहार, या अन्य गतिविधिहरु, या पढाईलेखाई राम्रो भएको वा ईमान्दारी, दयालु, लचकता, समन्वयकारी भूमिका निर्वाह गर्ने या जिम्मेवारी, दुरदर्शिता असल चरित्रवान, उत्तरदायी या तत्कालिन अवस्थालाई राम्रोसँग बुझी चुनौती र अवसरको सम्भावना पहिलाउन सक्ने नेतालाई राम्रो भन्ने कुरामा हामी चुनाब अघि सोच्नुपर्ने हुन्छ । के हामी यी कुरा चुनाव अघि सोच्न नसक्ने मुर्ख नेपालीहरु हौ, या हामी चुनाव अघि यी गुणहरुलाई पहिचान गरेर मतदान गर्छौ तर हामीले जनप्रतिनिधी बनाईसकेपछि कानून त शक्तिसामु पुगिसकेपछि त्यसको प्रभावमा परी आफ्नो शक्ति र दम्भ देखाउनु सिवाय केही नहेरी आफ्नो स्वार्थ परिपूर्ति गर्ने मात्र भएका हुन् । यो अनुसन्धानकै विषय बन्न पुगेको छ । ली कुनै चमत्कारी व्यक्ति थिएनन् उनी पनि हाम्रो जनप्रतिनिधी जस्तै उनीहरु मध्येकै एक थिए । तिनले सिङ्गापुरलाई उदाहरणीय राष्ट्र बनाउन सामान्य चिजमा जोड दिएको पाईन्छ। मित्र राष्ट्रहरुमा शान्ति स्थापनाको लागि सन् १९६७ मा ASEAN Group को स्थापना, निशुल्क गुणस्तरीय शिक्षामा जोड विभिन्न समुदाय, भाषा, जाति, धर्मलाई समेटी हामी एक हौ भन्ने भावनालाई जागृत गराउन सन् १९८९ मा HDB Ethnic Integration Policy बनाई उनीहरुको भित्री ईच्छालाई बुझी उनीहरुको स्वत: आफुप्रति प्रेरित गराउन सक्षम भए। सबै धर्मको अस्तित्व सम्मानलाई समेटी समाजलाई विचलन हुन नदिनको Maintenance of Religious Harmony Act, 1990 बनाए । स्वच्छ सिङ्गापुर अभियान आदि नीतिनियमहरु लागु गरेका थिए। विकसित देशको तुलनामा अल्पविकसित, विकासोन्मुख देशहरुको कानूनी नीतिनियमहरु सारवान रुपमा सक्षम भएता पनि कार्यविधि पक्ष कमजोर रहेको पाईन्छ। सिङ्गापुरमा लीले आफ्नो निष्ठा, वफादारी, निस्पक्षता, प्रतिबद्धताप्रति जनतालाई विश्वास गर्न सक्ने कार्य गरे। जसबाट उनको सोच, योजना, कार्यप्रति सम्पूर्ण जनताले साथ दिएको पाईन्छ। ली ले आफ्नो देशको दुखी, गरीबी, मजदुरी, सुकुम्बासी समस्या र अस्तव्यस्त भौतिक संरचनालाई झन्झटको रुपमा नलिई सामुहिक जोस, सामुहिक ईमान्दारिता, सामुहिक मेहनत, सामुहिक सकारात्मक सोच राख्नको लागि सबैलाई प्रेरित गरी आफ्नो विश्वासमा पार्न सकी देशलाई उदाहरणीय राष्ट्रको रुपमा चिनाउन सफल भएका छन्।
ली पछी शासन गर्ने शासकहरुले कमजोर, भ्रष्ट र अक्षमताबाट टाढा रही सफल नेतृत्वदायी भूमिका निर्वाह गरी अझ मुलुकलाई परिस्कृत र परिमार्जित बनाएर सामाजिक, आर्थिक, सरसफाई जस्ता हरेक पक्षमा विश्वका अन्य देशहरुले उदाहरण दिन सक्ने मुलुक बनाउन सफल हुन सक्छन् भने हाम्रो देश पनि ली जस्तै गोरेटो जग बसाउन सक्ने सक्षम, इमान्दार, नैतिकवान र लगनशीलयुक्त राजनीतिक नेतृत्व पाएमा अवश्य उदाहरणीय मूलुक बन्न सक्दछ।
 आधुनिक मानवको ईतिहासलाई हेर्ने हो भने २ लाख वर्ष अघिदेखि अस्तित्वमा रहेको पाईन्छ । (wikipedia) त्यसबीचमा विश्वजगतले मृत्युपछि उदाहरणीय कार्य गर्नेलाई विभिन्न माध्यमबाट जिवित स्वरुप दर्जा दिएको पाईन्छ। मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी भएको कारणले आफुलाई पहिचान गर्नुपर्ने हुन्छ, आफुलाई पहिचान गर्नु भनेको अन्तर्निहित दायित्वहरुको पहिचान गर्नु पनि हो। आफ्नो लागि मात्र बाचेका व्यक्तिलाई कसैले जिवित व्यक्तिस्वरुप दर्जा दिएको पाईदैन। आफुले धारण गरेको भौतिक शरीर भित्रको आत्मामा अंहमता, घमण्ड, अभिमानपुर्ण आचरणलाई त्याग गरी हाम्रा छोरा छोरी, नातिनातिना अर्थात् भोलिका हाम्रो सन्ततिहरुको भविष्यलाई विचार मनन गरेर सोचेर उपलब्ध स्रोत र साधनको उचित मानवोचित कार्यमा प्रयोग गर्न सकेको खण्डमा हाम्रो भौतिक शरीरले छोडेर गएपनि हामी कालान्तरसम्म ली क्वान यु जस्तै जिवित हुन सक्छौ ।
अब नेतृत्वले बिचार गर्नुपर्ने समय आएको छ: आफ्नो लागि मात्र बाचेर सुखसयल स्वार्थ लिप्त भई भौतिक शरीर सँगसँगै विलिन भई जाने की चरित्रवान ईमान्दार नागरिक भएर तत्कालिन अवस्था र चुनौतीको उचित तरिकाले मुल्याकंन गरी कार्य विश्लेषण र पैरवीले आफ्नो व्यक्तिगत स्वार्थ र ईच्छाबाट माथी उठी देश उठाउन सक्ने कुशल शासक बनी विश्वसामु मानव इतिहाससम्म जिवित रहने नेता बन्ने।

सन्दर्भ सामाग्री 
(मिति उल्लेख नभएको). https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/ बाट ल्याएको
(n.d.). Retrieved from https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/.
(मिति उल्लेख नभएको). http://countrystudies.us/singapore/9.htm: http://countrystudies.us/singapore/9.htm बाट ल्याएको
country statudies. (मिति उल्लेख नभएको). country statudies. country statudies: http://countrystudies.us/singapore/9.htm बाट ल्याएको
Historic U K. (मिति उल्लेख नभएको). https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/. बाट ल्याएको
http://countrystudies.us/singapore/9.htm. (मिति उल्लेख नभएको). http://countrystudies.us/singapore/9.htm बाट ल्याएको
The World bank. (मिति उल्लेख नभएको). The World Bank. https://data.worldbank.org/country/singapore बाट ल्याएको
wikipedia. (मिति उल्लेख नभएको). wikipedia. wikipedia: https://hi.wikipedia.org/wiki/%E0%A4%B9%E0%A5%8B%E0%A4%AE%E0%A5%8B_%E0%A4%B8%E0%A5%87%E0%A4%AA%E0%A4%BF%E0%A4%AF%E0%A4%A8%E0%A5%8D%E0%A4%B8 बाट ल्याएको
अन्नपुर्ण पोष्ट. (मिति उल्लेख नभएको). अन्नपुर्ण पोष्ट. अन्नपुर्ण पोष्ट: https://www.annapurnapost.com/news/history-of-elections-in-nepal-216039 बाट ल्याएको
     
(n.d.). Retrieved from https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/
(n.d.). Retrieved from https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/.
(n.d.). Retrieved from http://countrystudies.us/singapore/9.htm: http://countrystudies.us/singapore/9.htm
bank, T. W. (n.d.). The World Bank. Retrieved from https://data.worldbank.org/country/singapore
Historic U K. (n.d.). Retrieved from https://www.historic-uk.com/HistoryofBritain/The-Fall-of-Singapore/.
http://countrystudies.us/singapore/9.htm. (n.d.). Retrieved from http://countrystudies.us/singapore/9.htm
statudies, c. (n.d.). country statudies. Retrieved from country statudies: http://countrystudies.us/singapore/9.htm

Comments

Post a Comment

Popular posts from this blog

बलात्कार (जबर्जस्ती करणी) को अवस्था र कानूनी व्यवस्था

                           - रन्जु ज्ञवाली पंगेनी  (बि.एड, एम.ए., एल.एल.बी.)   "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले   आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ । नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार " कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ"        हाम्रो देशमा मुलुकी  अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । ...

बिपश्यना ध्यान एक अध्ययन

बिपश्यना ध्यान एक अध्ययन                                                                       -  रन्जु ज्ञवाली  (Masters in Applied Buddhism, Second Year, LBU)  लेखसारः        मानिस सबै थोक भएर पनि तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहेको पाईन्छ । जसको कारणबाट शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनगई विभिन्न नकारात्मक प्रतिक्रिया देखाउन थाल्छ । जसको फलस्वरुप विचलिन मानसिकता हुन गई हिंसात्मक भावना देखाउने, हत्या गर्न तम्सिने, आत्महत्या गर्ने जस्ता नकारात्मक कृयाकलापमा संलग्न हुने सम्भावनाले गर्दा सम्पूर्ण मानव जीवन र समाजलाई नै प्रभावित पारेको पाईन्छ । मानव जीवनको कल्याणको लागि विचलित मनलाई वशमा राखी चित्तमा हुने नराम्रा प्रवृत्ति जस्तै रीस, राग, द्वेष र क्लेशबाट मुक्त बनाउनु पर्दछ । बिचलित मनलाई ...

महिला विकासमा सहकारी र सहकारी विकासमा महिला।

                                                                                       रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  "एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो."  सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाज...