Skip to main content

सन्दर्भ १११ औं अन्तराष्ट्रिय नारी दिवस

    


लैङ्गिक विभेद विरुद्धको आवाज
, संघर्षको रुपमा रहेको अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईने गरिन्छ ।"महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ नेपालमा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाईएकाे छ । नारी दिवसको सुरुवात् र यसको ईतिहासमा अग्रज, सामाजिक, जागरुक र चेतनशील नारीहरुको धेरै याेगदान रहेको छ, संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा अन्तराष्ट्रिय महिलाहरुको बृहत् भेला भएको थियो। जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियाे । उक्त अन्तराष्ट्रिय सम्मेलनमा जर्मनी माक्सवादी नेतृ क्लारा जेट्कीनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरुले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालियो । जसमा पुरुष सरह महिलाको समान ज्याला, सदियौ देखि नारी माथि समाजको नाममा, धर्मको नाममा, जाति र बर्गको नाममा हुँदै आएको विभिन्न खाले अन्याय, अत्याचार, शोषण दमन हि‌‍ंसा जस्ता लैगिक र अमानविय व्यवहारहरु प्रति खुलेर स‌ंघर्ष गर्ने जस्ता कार्यको थालनी हुन थालेको पाईन्छ। त्यस समय यसको प्रमुख उद्देश्य महिलाहरूलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन। सन् १९११ ताका महिला जगरणले विभिन्न राष्ट्रमा प्रभाव पार्न सुरु गर्याे । सन् १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दिए। त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूपमा अन्तराष्ट्रिय जगतमा मनाउन थालियो।

  नेपालको सन्दर्भमा बिगत देखि बर्तमान सम्म पनि नेपाल भित्र अन्तराष्ट्रिय नारी दिवस महिला हि‌ंसा र लैगिक विभेद अन्त्य गरिनु माथी केन्द्रित भएकाे पाईन्छ । तर पनि दिनानुदिन महिलामाथी बर्बर हिंसा भई रहेको विभिन्न तथ्याक‌ंहरुले देखाउँछ।महिलाहरुमाथि आईलाग्ने समस्या समाधान गर्नको लागि स‌ंविधान, ऐन, नियमहरु निर्माण गरिएतापनि महिलामाथी हुने हिंसाजन्य अपराधमा कम नभएको तल उल्लिखित कार्य एव‌ं अपराध अनुसन्धान विभागको तथ्याक‌ंबाट प्रष्ट रुपमा देखिन्छ ।                                      

२४ बर्षको महिला र बालबालिका सम्बन्धि अपराधका घटना 

Fiscal Year

Rape

Attempt to Rape

Abortion

Polygamy

Child Marriage

Domestic Violence

Witch Craft

Untouchability


053/054

112

34

74

101

5

337

-

 


054/055

181

34

101

135

3

228

-

 


055/056

141

18

81

96

1

432

-

 


 056/057

186

33

89

 96

 5

 711

-

 


 057/058

122

35

55

 75

 1

 449

-

 


 058/059

 129

 21

14

 51

 -

 410

-

 


 059/060

 157

 18

 15

 69

 2

 569

-

 


 060/061

 154

 19

 8

 44

 3

 922

-

 


 061/062

 188

 25

 11

 66

 1

 730

-

 


 062/063

 195

 38

14

65

1

939

-

 


 063/064

317

 70

 3

 94

 7

 1100

-

 


 064/065

 309

 73

13

 122

 4

 881

-

 


 065/066

 391

 75

 12

 170

 2

 968

-

 


 066/067

 376

 101

 8

 146

 7

 983

 4

 


 067/068

 481

151

 12

 197

 2

 1355

 39

 


 068/069

 555

 156

 13

 249

 12

 2250

 35

 


 069/070

 677

 245

 28

 350

 19

1800

28

 


 070/071

 912

 414

 18

 421

 15

 6835

 39

14


 071/072

 981

 562

 17

 518

 23

 8268

 43

10


 072/073

 1089

 452

 22

 463

 20

 9398

 28

19


 073/074

 1131

 536

 22

 464

 26

 11629

 24

17


 074/075

 1480

 727

 18

 602

 59

 12225

 48

18


075/076

2230

786

27

1001

86

14774

46

43


076/77

2144

687

29

734

64

11738

34

30


 स्रोत:कार्य एव‌ं अपराध अनुसन्धान विभाग

   यी त भए घटना दर्ता गरिएका विषयवस्तुहरु तरपनि विश्वपरिवेशलाई नियालेर हेर्ने हो भने व्यक्तिगत, पारिवारिक, समाजिक डरले कानूनी प्रक्रियामा नआई समाजमा घटेका घटनाहरु दबाएर त्यसै निस्क्रिय भै जाने परम्परा यथावत नै रहेको पाईन्छ । यसलाई हेर्दा नेपालको परिवेशमा पनि यसको वास्तविक दर अझ बढी रहेको परिकल्पना गर्न सकिन्छ ।

      यी त भए देखिएका सुनिएका र दर्ता भएका घटनाहरु हामीले महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालकाे आधार भनी अन्तराष्ट्रिय नारी दिवस यस वर्ष पनि अन्तराष्ट्रिय, राष्ट्रिय, केन्द्रिय, स्थानीय स्तरमा विभिन्न कार्यक्रम गरी मनाईरहँदा के महिला सुरक्षित् छन् त ? सम्मान पाएका छन् त ? महिला भएकै कारण रोजगार गुमाएका छन् की पाएका छन्? समान हकअधिकार पाएका छन् त ? यसलाई विष्लेशणात्मक तरिकाले सोची हाम्राे समाजको व्यवस्था र व्यवहारिक पक्षलाई पनि हेर्नु पर्दछ ।यही समाजमा हाम्रो वरिपरि रहेका, दिनहुँ जस्तो सवैले दिनहुँजसो भोगेका र देखेका, मौन रहेका नजरअन्दाज गरिएका भावनात्मक र मानसिक पक्षलाई पनि उजागर गर्नुपर्ने देखिन्छ ।यही हाम्रो समाजमा म आफ्नै उदाहरण दिन चाहन्छु हाम्रो बिवाहपूर्वको निर्णय अनुसार छोरी जन्मे १ सन्तान छोरा जन्मे २ सन्तान अनुसार छोरीको जन्म पश्चात अर्को सन्तान नजन्माउने निर्णय गरियो तर पनि हरेक दिन जसाे अव त छोरा पाउनुपर्याे, छोरी ठूली भै सकी, पछी गाह्रो हुन्छ, तिमीहरु पढेलेखेका चाईनीज क्यालेन्डर हेरेका हौला, कती चाेटी गर्भपतन गरिसकेउ भन्ने जस्ता प्रश्न र छाेरीकै सामुन्ने ममीलाई भाई पाउन भन्न पर्याे जस्ता प्रश्नले अनुत्तरित बनाउने गर्दछ। हामी वरिपरि देख्ने गर्छौ पहिलो सन्तान पश्चात गर्भ रहेमा लिंग पहिचान गरी छोरी भएमा असुरक्षित गर्भपतन गर्ने गरेको र छोरी पाएकै निंहुमा घरपरिवारबाट अपहेलित हुनुपरेकाे देख्न सक्छौ । यसबाट हामी बुझ्न सक्छौ की के महिलाहरु सुरक्षित छन् त कामकै सिलसिलामा कार्यालयमा नियमित जसो व्यक्तिगत घटना गर्न आउने व्यक्तिहरुले कतिवटा सन्तान छन् भन्ने प्रश्नमा यदी २-३ वटा छोरी मात्र भै अन्तीम छोरा नजन्मदा सम्म सन्तान जन्माईरहेको पाईन्छ भने छोरा मात्र भए २ वटा मात्र भएमा पनि छोरी पाउने आकांक्षा त्यती नभएको देखिन्छ। बिहे पश्चात् नागरिकतामा पतिको महलमा नाम थप्न जती महिलाहरुले प्रतिलिपी फर्महरु भरेेेको देखिन्छ तर पुरुषहरुले पत्नीको महलमा नाम थप्न नआएको देखिन्छ आएपनि हामी अचम्म पर्नेे अबस्था छ । यी र यस्ता उदाहरण हामी वरीपरि देख्न सक्छौ । हिजो एक जना पुरुषसँग भेट भयो वहाँ श्रीमतीकाे सम्पत्ति विक्रीको लागि आउनुभएको थियाे । किन म पती हो मैले मेरो श्रीमतीको जग्गा जे पनि गर्न पाउनुपर्छ भन्ने वहस गर्नुभयो । जसको नाममा जग्गा छ वहाँलाई सम्पर्क गर्दा के कती वेच्न खोज्नुभएको हो? भन्दा मलाई थाहा भएन भन्नुभयो । जे जती हो वहाँ श्रीमान्लाई थाहाँ छ भन्नुभयो । यदी पुरुषको नाममा सम्पत्ती भएको भए महिला त्यसरी आएर आफ्नो श्रीमान्को नाममा रहेको जग्गामा स्वामित्व जमाउन सक्ने थिईन् कि थिईनन् होला भनेर सोच्न बाध्य बनायो । जसरी पुरुषको मृत्यु पश्चात् महिलाले अर्को विहे गरे असमान्य रुपमा हेरिन्छ भने पुरुषले अर्को विहे गरे सामान्य रुपमा हेरिने गरिन्छ र अधिकांश पुरुषले अर्को विहे गरेको देखिन्छ कदमकदाचित नगरेको पाईएमा अचम्म र महान् बनाउने काम समाजले गरिदिईहाल्छ । महिलाले दिनहुँ ईमान्दारीपूर्वक दोहोरो तेहरो भूमिका निर्वाह गरेको समाज र घरले कहिले वाहवाही दिदैन कहिलेकाहीं श्रीमती विरामी परे श्रीमान्ले कपडा धोईदिएको, खाना पकाएको देखेमा भाग्यवानी श्रीमतीको विल्ला वोक्नुपर्ने हुन्छ ।कार्यालयमा सँगसंगै काम गरी घर फर्किदा श्रीमान्को दिनको जिम्मेवारी सकिएको मानिन्छ भने श्रीमती भन्छा, छोराछोरीको जिम्मेवारी अझै यथावत रहेको ठान्दछिन्। महिलाले विहे पछि पढाई छोडेको, जागिर छोडेको प्रशस्त उदाहरणहरु देख्ने गर्छौ भने पुरुषले कहिले छोराछोरीको कारणबाट जागिर गुमाएको सुन्न पाउदैनौ ।पुरुषले परस्त्रीगमन, मद्दपान गर्नु भनेको आफ्नो अधिकार नै भएको जस्तो सामान्य रुपमा समाजले हेरिदिन्छ भने कदमकदाचित महिलाले उक्त कार्य कुनै दिन मात्र गर्न पुगेमा पनि आफ्नो सम्बन्ध समेतको तिलान्जली दिनुपरेको देखिन्छ।बलत्कार भएर पुरुषको मृत्यु भयो भन्ने समाचार सुन्दा हामी अचम्ममा पर्नु पर्दछ । दाईजो नलिएको निहुँमा हजारौ चेलीहरु जलिनुपर्दा पुरुषले महिलामाथि निभाउनुपर्ने भूमिका ननिभाएको निहुँमा जल्नुपरेको यातना भोग्नुपरेको कुरा कमै मात्र संचारमाध्यममा आएको पाउन सक्छौ ।

    हुनत छोरीलाई पढाउनुहुदैन, चुलोचौको सिकाउनुपर्दछ, अर्काको घर गरेर खाने जात, पुरुषको भाग्य खाने जात, सती जाने, छउपडी जाने जात जस्ताबाट समाज माथि उठेर छोरीलाई पढाउनु पर्दछ, अगाडि बढाउनुपर्दछ भनी  समाजले समानताको अभ्यास गरेको पाईन्छ । देशको हरेक तह र तप्कामा समान सहभागीता रहेको पाईन्छ तथापी हाम्रो समाजका मौन रहेका भावनात्मक पक्षमा व्यवहारिक रुपमा परिवर्तन हुन अझ समय लाग्ने देखिन्छ ।

 

    सन्दर्भ सामाग्रीः

https://ne.wikipedia.org   https://cid.nepalpolice.gov.np/index.php/cid-wings/women-children-service-directorate

 

 

Comments

Popular posts from this blog

बलात्कार (जबर्जस्ती करणी) को अवस्था र कानूनी व्यवस्था

                           - रन्जु ज्ञवाली पंगेनी  (बि.एड, एम.ए., एल.एल.बी.)   "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले   आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ । नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार " कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ"        हाम्रो देशमा मुलुकी  अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । ...

बिपश्यना ध्यान एक अध्ययन

बिपश्यना ध्यान एक अध्ययन                                                                       -  रन्जु ज्ञवाली  (Masters in Applied Buddhism, Second Year, LBU)  लेखसारः        मानिस सबै थोक भएर पनि तुलना गर्ने बानीले, इष्र्याले, कामवासनाले, आसक्तिजस्ता द्वेष भावना बोकेर सधैं तनावमा रहेको पाईन्छ । जसको कारणबाट शरीरमा बायोकेमिकल रियाक्सन उत्पन्न हुनगई विभिन्न नकारात्मक प्रतिक्रिया देखाउन थाल्छ । जसको फलस्वरुप विचलिन मानसिकता हुन गई हिंसात्मक भावना देखाउने, हत्या गर्न तम्सिने, आत्महत्या गर्ने जस्ता नकारात्मक कृयाकलापमा संलग्न हुने सम्भावनाले गर्दा सम्पूर्ण मानव जीवन र समाजलाई नै प्रभावित पारेको पाईन्छ । मानव जीवनको कल्याणको लागि विचलित मनलाई वशमा राखी चित्तमा हुने नराम्रा प्रवृत्ति जस्तै रीस, राग, द्वेष र क्लेशबाट मुक्त बनाउनु पर्दछ । बिचलित मनलाई ...

महिला विकासमा सहकारी र सहकारी विकासमा महिला।

                                                                                       रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  "एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो."  सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाज...