Skip to main content

Posts

महिला विकासमा सहकारी र सहकारी विकासमा महिला।

                                                                                       रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड  "एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो."  सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाज...
Recent posts

उनको आशाको नाममा !

‍‍-रञ्जु ज्ञवाली कार्यालयमा कार्यसम्पादको क्रममा सेवाग्राहीलाई सधै जस्तै स्वभाविक र आवश्यक प्रश्न सोधें: तपाईंको छोराको नाम के राख्ने त ? सेवाग्राहीले सधैं दिने उत्तर भन्दा फरक उत्तर आयो : मेरो छोराको नाम लि क्वान यु राख्ने हो। प्रचलित भन्दा नवीन र फरक भएकोले नाम अप्ठ्यारो छ, यो नाम राख्दा पछि अप्ठ्यारो पर्ने पो हो कि, पछि परिवर्तन गर्न भन्नु हुन्छ की ! भन्ने प्रश्न गर्दा पनि म साझा सवाल सुनेपछि यिनको बारेमा अझ बढी जान्ने इच्छा भयो र बुझ्दै जाँदा मेरो छोरा जन्मिएपछि छोराको नाम यही राख्ने ईच्छा स्वरुप यहीँ नाम राखी जन्मदर्ता गर्न आएको हुँ, यही नाम राखिदिनुहोस् । भन्ने उत्तरले मलाइ एकछिन सोच्न बाध्य पार्यो।  यिनी एक शिशुको पिता मात्र थिएनन्, नेपालको संविधानको धारा २ अनुसारको सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न एक नागरिक, मतदाता र करदाता पनि थिए। यिनले हाम्रो देशले पनि लि क्वान यु जस्तो कुशल नेतृत्वकर्ता पाएमा प्रगतिको उचाई छोएका समकालीन विश्वका देशहरु जस्तै नेपाल पनि बन्न सक्छ भन्ने आस नमार्नु तिनमा सकारात्मक संकेत देखिन्थ्यो। सिंगापुरबाट हजारौं किमी टाढा नेपालका नागरीकलाइ यति प्रभाव...

मलाई माफ गर छोरी ।

- रन्जु ज्ञवाली (एम.ए.,बि.एड, एल.एल.बी.,MAAB-Thesis year) हरेक अभिभावकले चाहे जस्तो हामीले पनि तिम्रो जीवन भविष्यमा सुखमय, गुणस्तरीय होस् भन्ने चाहन्छौं । त्यसैको फलस्वरुप तिमीलाई पनि घरपरिवारबाट उपलब्ध हुन सक्ने बालअधिकार सम्बन्धि सूचकहरु पुरा गर्ने कोसिस गरेका छौंै छोरी । सकेसम्म बालमैत्री घर होस् भन्ने हाम्रो चाहना छ । तर छोरी हामिले चाहेर मात्र पनि तिम्रो बालअधिकारको सम्बोधन गर्न नसकिने रहेछ । संविधान र ऐन कानूनले प्रत्याभुत गरेका बालबालिका अधिकारहरुको संरक्षण गर्नको लागि  भनिएका तिनै तहको भूमिका उत्तिकै हुनुपर्ने रहेछ छोरी । अझ यसमा पनि बालअधिकारको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण मानिन्छ, किनकी स्थानीय सरकारलाई हामी छुन सक्ने सरकारको रुपमा मान्दछौं छोरी । छोरी आफ्नो साइकलसँग   बालअधिकार सम्बन्धी महासन्धी १९८९, नेपालको संविधानको मौलिक हक अन्तर्गतको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतका कानूनले तिमिलाई बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष जस्तै बालबचाउ, बालसंरक्षण, बालविकास र बालसह...

सन्दर्भ १११ औं अन्तराष्ट्रिय नारी दिवस

     लैङ्गिक विभेद विरुद्धको आवाज , संघर्षको रुपमा रहेको अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईने गरिन्छ ।"महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ नेपालमा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाईएकाे छ । नारी दिवसको सुरुवात् र यसको ईतिहासमा अग्रज , सामाजिक , जागरुक र चेतनशील नारीहरुको धेरै याेगदान रहेको छ , संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा अन्तराष्ट्रिय महिलाहरुको बृहत् भेला भएको थियो। जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियाे । उक्त अन्तराष्ट्रिय सम्मेलनमा जर्मनी माक्सवादी नेतृ क्लारा जेट्कीनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पार...