रञ्जु ज्ञवाली – सचिव– कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड "एकजुट हुनु भनेको सुरुवात हो, सँगै रहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो." सदस्यहरुको संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित व्यवसाय मार्फत आफ्ना साझा आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय आवश्यकता एवं आकांक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको स्वायत्त संगठन नै सहकारी हो । नेपालको संघीय सहकारी ऐन २०७४ को प्रस्तावनामा “सहकारी मूल्य, मान्यता, र सिद्धान्त अनुरुप देशका कृषक, कालिगढ, श्रमिक र न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरुको आर्थिक, सामाज...