Skip to main content

Posts

Showing posts from March, 2021

सन्दर्भ १११ औं अन्तराष्ट्रिय नारी दिवस

     लैङ्गिक विभेद विरुद्धको आवाज , संघर्षको रुपमा रहेको अन्तराष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईने गरिन्छ ।"महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्ध नेपालको आधार" भन्ने मूल नाराको साथ नेपालमा १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाईएकाे छ । नारी दिवसको सुरुवात् र यसको ईतिहासमा अग्रज , सामाजिक , जागरुक र चेतनशील नारीहरुको धेरै याेगदान रहेको छ , संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा अन्तराष्ट्रिय महिलाहरुको बृहत् भेला भएको थियो। जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरुको सहभागिता रहेको थियाे । उक्त अन्तराष्ट्रिय सम्मेलनमा जर्मनी माक्सवादी नेतृ क्लारा जेट्कीनले ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पार...