- रन्जु ज्ञवाली पंगेनी (बि.एड, एम.ए., एल.एल.बी.) "यत्र नार्यस्तु रमन्ते तत्र रमन्ते देवता यत्रैस्तास्तु न पुजयन्ते सर्वास्तत्रा फलाः क्रिया।" अर्थात जहाँ महिलाहरु पुजिन्छन्, जहाँ उनीहरुको सम्मान सत्कार हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् । चाहेका सबै कुरा सहजै सम्पन्न हुन्छन् ।यसको विपरित जहाँ महिलाको अपमान वा तिरस्कार हुन्छ त्यहाँ गरिएका सबै कार्य विफल हुन्छन् भन्ने समाजमा सुन्दै हुर्केका हामीहरुले आजभोली दैनिक जसो बलात्कारका समाचार पढेर आफ्नो मनलाई दुःखी बनाउनु परेको छ । नेपालमा मुलुकी अपराध संहिताको दफा २१९ (२) अनुसार " कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ" हाम्रो देशमा मुलुकी अपराध संहिता ऐन,२०७४ परिच्छेद १८ करणी सम्बन्धी कसुरको दफा २१९ देखि दफा २२९ सम्म व्याख्या गरिएको छ । ...