- रन्जु ज्ञवाली (एम.ए.,बि.एड, एल.एल.बी.,MAAB-Thesis year) हरेक अभिभावकले चाहे जस्तो हामीले पनि तिम्रो जीवन भविष्यमा सुखमय, गुणस्तरीय होस् भन्ने चाहन्छौं । त्यसैको फलस्वरुप तिमीलाई पनि घरपरिवारबाट उपलब्ध हुन सक्ने बालअधिकार सम्बन्धि सूचकहरु पुरा गर्ने कोसिस गरेका छौंै छोरी । सकेसम्म बालमैत्री घर होस् भन्ने हाम्रो चाहना छ । तर छोरी हामिले चाहेर मात्र पनि तिम्रो बालअधिकारको सम्बोधन गर्न नसकिने रहेछ । संविधान र ऐन कानूनले प्रत्याभुत गरेका बालबालिका अधिकारहरुको संरक्षण गर्नको लागि भनिएका तिनै तहको भूमिका उत्तिकै हुनुपर्ने रहेछ छोरी । अझ यसमा पनि बालअधिकारको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण मानिन्छ, किनकी स्थानीय सरकारलाई हामी छुन सक्ने सरकारको रुपमा मान्दछौं छोरी । छोरी आफ्नो साइकलसँग बालअधिकार सम्बन्धी महासन्धी १९८९, नेपालको संविधानको मौलिक हक अन्तर्गतको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०७५ लगायतका कानूनले तिमिलाई बालमैत्री स्थानीय शासन, बालअधिकार सम्बन्धी समग्र पक्ष जस्तै बालबचाउ, बालसंरक्षण, बालविकास र बालसह...