पञ्चशीलको फौजदारी कानूनमा अनुशरण रन्जु ज्ञवाली(बि.एड, एम.ए., एल.एल.बी., MAAB-Thesis Year, ) लेखसारः बुद्ध र्ई.पु ६२३ मा जन्म भएको ईतिहासमा भेटिन्छ । गौतम बुद्धले तत्कालिन सामाजिक र धार्मिक गतिविधिद्वारा उत्पन्न समस्या समाधानको निमित्त, सामाजिक ब्यवस्था राम्रो पार्न समयानुकुल नैतिक नियम र विधानको आवश्यकता देखि आफुलाई बोध, ज्ञान प्राप्त भएको आधारमा पाँच नियम १. हत्या हिंसा नगर्नु २ चोरी नगर्नु ३. ब्यभिचार नगर्नु ४. झुटो कुरा नगर्नु ५. नशालु पदार्थ सेवन नगर्नु भन्ने कुरा पञ्चशीलको रुपमा आविष्कार गर्नुभएको थियो । पञ्चशीलले फौजदारी कानून निर्माणमा प्राचिनकाल, मध्यकाल, आधुनिकका...